![]() |
–अमर यादव, अध्यक्ष, मधेश तराई फोरम, |
![]() |
बी..पी.साह |
मधेशवादी दलहरूको फुट मधेशका लागि फाइदाजनक
–अमर यादव,
अध्यक्ष, मधेश तराई फोरम,
संविधानसभाको चूनाव पछि चौथो राजनीतिक दल बनेका मधेशी जनअधिकार फोरमको विषेश महाधिवेशन वीरन्जमा भईरहेका बेला मधेशवादको मुद्दा मा सम्झौता गरेको भन्दै पार्टीका असन्तुष्ट खेमालाई अंगालदै मधेश तराई फोरम नामक राजनीतिक दलका स्थापना गरेका नेता अमर यादव । साख गरि क्रान्तिकारी धारका मधेशवादी नेता मानिन्छ । एकिकृति माओवादीको लस्कर एतोएवा लगायतका आतंकबादी सँगठनहरुसँग सा“ठगाठ रहेको भनि सार्वजनिक गरी चर्चामा आएका यादव पछिलो पटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिक भित्र भएको टुटफmुटको राजनीतिमा समेत भुमिका रहेको निर्वाह गरेको देखिएको छ । यसै परिवेसमा केन्द्रित भई एनएमखवरका लागिबी.पी.साहले गरिएको कुराकानी ः
मधेशवादी पार्टीहरू किन फुट्दै छन् ?
नेतृत्व गर्ने होडबाजीका कारण मधेशवादी पार्टीहरू फुट्दै छन् । हुनत मधेशवादीलगायत सबै पार्टीहरू फुट्ने गरेका छन् । बर्षैपिच्छे कम्युनिष्ट पार्टीहरू पनि फुटेको इतिहास छ । मधेशवादी पार्टीहरूको फुटलाई नराम्रो तरिकाले लिनु हुँदैन । ५० प्रतिशत जनता भएका पहाडी पार्टीहरू २०(२५ वटा छन् तर उत्तिकै जनता भएको मधेशमा १०÷१२ वटा मधेशी पार्टी हुनु नराम्रो कुरा पक्कै होइन । पहिले मधेशमा एउटामात्र पार्टी सदभावना हुँदा उसलाई तीन प्रतिशतभन्दा बढि मत कहिले आएन तर जब संविधानसभामा ४ वटा मधेशवादी पार्टीहरू आए तब मधेशवादी पार्टीलाई लगभग १२ प्रतिशत मत आएको छ । यसबाट के देखिन्छ भने मधेशवादी पार्टीहरू निर्माण हुने क्रममा छन् । यसबाट मधेशलाई फाइदा नै छ ।
मधेशवादी दल टुक्रिए मधेशको शक्ति र मुद्दा कमजोर हुँदैन ?
कमजोर हुँदैन बरु बलियो नै हुन्छ । पहिले सद्भावनामात्र छँदा एउटा सहरमा १०(२० जना मधेशी पार्टीका कार्यकर्ताहरू हुन्थे तर अहिले धेरै मधेशवादी पार्टीहरू भएकाले एउटा सहरमा १०(२० हजार मधेशवादी पार्टी कार्यकर्ताहरू छन् । यसबाट मधेशमा कार्यकर्ता, नेताहरू उत्पादन भइरहेका छन् । केही राम्रा नेताहरू पनि उत्पादन होलान् केही अवसरबादी पनि होलान् । केही मात्रामा कमजोर देखिनुको कारण के हो भने पहाडवादी पार्टीमा मधेशी नेताहरू छन् । उनीहरूले पनि मधेशलाई कमजोर बनाउँदै छन् । अर्को कुरा मधेशवादी पार्टीमा पहाडवादी पार्टीका मधेशी नेताहरू पनि आएको छन् । उनीहरुले पनि मधेशलाई कमजोर पार्ने काम गर्दै छन् । मधेशवादी पार्टीहरूमा देख्दामात्र फुट भएको देखिन्छ, तर उनीहरू पनि मधेशको निम्ति नै लडिरहने छन् । यसले मधेशलाई कालान्तरमा फाइदा गर्नेछ ।
मधेशी जनअधिकार फोरम र सद्भावना पार्टी ५÷५ टुक्रामा विभाजित छन् । एउटा कमजोर मधेशवादी पार्टीलाई सजिलै तह लगाउन सकिन्छ तर ठुलो र बलियो छ भने कसैबाट डराउनु पदैन । मधेश एक, मधेशका मुद्दा एक छन् भने पार्टी अनेक हुनु भनेको सत्ता र भत्ताको लोभ देखिन्छ नि ?
मधेशी जनअधिकार फोरममा विभिन्न परिवेशबाट आएका नेताहरु छन् । काँग्रेस, एमाले, माओवादीलगायत अन्य(अन्य पार्टीहरुबाट पनि नेताहरू आए । त्यहाँ मधेशी जनतालाई फाइदा भयो । पहाडवादी पार्टीहरू छाडेर मधेशको नारा घोक्न त कम्तिमा आए । मधेशलाई घाटा कहाँ भयो भने यिनीहरूले पार्टी त बदले तर आप्mनो स्वभाव र बिचार बदलेनन् । यिनीहरुको शिक्षा दिक्षा, प्रशिक्षण सबै पहाडवादी पार्टीबाट भएकाले यीनीहरूको चरित्रमा परिर्वतन आएन । त्यही भएर फोरममा फुटभएको देखिन्छ । उनीहरुले मधेवादी चरित्र देखाउन सकेनन् र आ–आप्mना रवैयामा फर्केका छन् । मधेशको मुद्दा उठाउने काम गर्दैँनन् । सद्भावनाभित्र आपसी किचलो भएर फुट भएको हो ।
सत्ता र भत्ताको कुरै छैन ?
कतिपय ठाउँमा राजनीतिक कारण छन् । राजनीतिक विचार, सिद्धान्त र मधेशवादलाई कसैले समेट्न सकेनन् । त्यो पनि एक पक्ष हो । अर्को के छ भने जुनसुकै सरकार बनेपनि चुनाव जित्ने, सरकारमा जाने, पैसा कमाउने, पद लिने त्यो होडबाजी चलेको नै हो । जुन मधेशी नेताहरू पहाडवादी पार्टीबाट आएका छन् उनीहरु पावर र पोलिटिक्सको कुरा गर्छन्, पावरको चस्का पसिसकेका हुन्छ, त्यो पावरमा आउन मरिहते गर्छन् ।
यसलाई मधेशवादी नेताहरूको रोगको रुपमा लिन सकिन्छ ?
रोग त नभनौं । हिजोसम्म पहाडवादी पार्टीमा यिनीहरूको बानी बिग्रेको नै थियो । अहिले अलि(अलि सप्रन खोज्दै छन् यिनीहरू । पुरानो बानीले यिनीहरूलाई सप्रनमा समस्या गरिरहेको छ । अहिले त्यही दोधारमा छन् मधेशवादी केही नेताहरू । यीनीहरू पूर्ण मधेशवादी बन्न सकेको छैनन् र पहाडवादीले यीनीहरूलाई पचाउन सकिरहेका छैनन् । यस कारण यिनीहरु दोधारमा बसेर कहीँ पार्टी फुटाउमा छन् त कतै आफैमा झमेला गर्दै हिडीरहेका छन् ।
यस्तो विचारधारा भएका मधेशी नेताले मधेश र मधेशीको आवाज र मुद्दा सम्बोधन गराउन सक्लान् ?
पहाडवादी पार्टीका पोष्टर टाँसने, पमप्लेट बाँडने, विज्ञप्ती र शिद्धान्त लेख्नेहरुबाट मधेशको मुक्ति सम्भव छैन । अहिले माथि(माथि देखिएका जुन नेताहरु हुन् उनीहरु मधेशको दोस्रो श्रेणीका नेताहरु हुन् । यीनीहरुबाट कदापी मधेशको मुद्दा सम्बोधन हुनेबाला छैन ।
त्यसो भए मधेशका प्रथम श्रेणीका नेता को त ?
जसले मधेशबाट मधेशीका लागि काम सुरू गरेका छन्, र मधेशमा नै मधेशीको हक अधिकार मधेशीको हतमा जुन मधेशी नेताले पु¥याउन सक्छ ऊ नै मधेशको प्रथम श्रेणीको नेता हुन्छ जस्तो लाग्छ मलाई । जो अडिग छ, मधेशको मुक्तिबिना कुनै मधेश विरोधी कुनै सहमति गर्दैन । अहिले मधेशवादीको नाममा अगाडि आएका नेताहरू भाडाका नेताहरू हुन् । त्यो रामवरण होस् चाहे प्रमानन्द होस् । महन्थ ठाकुर, उपेन्द्र यादव, जेपी गुप्ता गच्छेदार यिनीहरू पहाडी पार्टीबाट बसाई सराई गरी मधेशवादको नारा घोकेर बचेका छन् । जबसम्म मधेशको बागडोर मधेशवादबाट सुरू गरेका पूर्ण मधेशी पार्टीको हातमा आउँदैन तबसम्म मधेश र मधेशीको हक अधिकार आउँदैन । जे भएपनि मधेशको मुद्दा कहिले पनि ओझेलमा पर्नेछैन बरु केही दिन ढिलो हुनसक्छ ।
सद्भावना पनि मधेशबाट नै जन्मेको पार्टी हो, यति दिनसम्म पनि उसले मधेशको मुद्दालाई पूर्ण रूपमा सम्बोधन गराउन सकेन नि ?
सद्भावना २००७ सालमा बेदानन्द झाको तराई काँग्रेसबाट गजेन्द्रनारायण सिंह लगायतकाहरूले सुरु गरेका थिए । त्यतिबेला मधेशमा रैति प्रणाली थियो, शिक्षित व्यक्तिहरूको कमी थियो । त्यतिबेला मधेशवादको सुरू गर्नेहरू जमिनदार किसिमका थिए । तिनीहरुले जनतामाझ काम गर्न चाहेनन् । धेरै पञ्चायतमा पलायन भए । पछि सद्भावना मधेशको मुद्दालाई थाँति राखी सरकारमा गयो । २०४७ सालमा संविधान बनिसकेपछि त्यसमा भएका कमी कमजोरीहरुलाई केलाएर सद्भावनाले विद्रोह गरेर जनतामा गएको भए, शक्तिको राजनीति नगरेको भए, मन्त्री नबनेको भए, मधेशको मुद्दा सम्बोधन भईसक्ने थियो ।
हालको अवस्थामा मधेशलाई कस्तो किसिमको पार्टीको आवश्यकता रहेको छ ?
मधेशमा चाहिए कै हो गान्धीवादी आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, बन्दुकको आन्दोलन गरेर पनि भोलि राजनीतिक मूलधारमा आउनु पर्ने नै छ ।
तपार्इँको पार्टी मधेश तराई फोरम अहिले कुन अवस्थामा चलिरहेको छ ?
हाम्रो पार्टीको प्रायः मधेशको सबै जिल्लाहरुमा जिल्ला कमिटी गठन भएको छ भने नगर र गाउँ कमिटीहरु गठन हुने क्रममा छन् । हामीले विभिन्न समयमा आन्दोलन गर्दै आएका छौं । गतसालको उपराष्टूपतिको विषयमा भाषा आन्दोलनमा पनि सहभागी भयौं । अहिले पनि विभिन्न कार्यक्रमहरु जारी रहेको छ ।
मधेश तराई फोरमको आगामी कार्यक्रम के छ ?
हामीले मंसिर १० र ११ गते भैरहवामा पार्टीको विस्तारित बैठक गरेका थियौं । बैठकबाट हामीले आन्दोलनका विभिन्न कार्यक्रमहरु तय गरेका छौं । त्यसअनुसार हाम्रो पहिलो आन्दोलन अस्ति पुष २ गते थियो जसमा हामीले हिन्दी भाषालाई सरकारी कामकाजको भाषामा वनाउनु पर्छ । अर्को मधेशको जमिनको खरिद र वितरण गर्ने अधिकार मधेशीलाई मात्र हुनुपर्दछ । संविधानमा यसको ग्यारेन्टी हुनु पर्ने हो, बस्ने र बेच्ने अधिकार सबैलाई हुनेछ तर मधेशको जमिन खरिद गर्ने अधिकार मात्र मधेशीलाई हुनुपर्ने छ । किनभने मधेशका जमिनहरुमा पहाडका काजी(पाजीहरुले जमिनदारी गर्दै छन् । मधेशका कयौं जिल्लाहरुका जमिन पहाडीहरुले सुकुमबासीको नाममा, समुदायिक बनको नाममा हडप्ने काम गर्दैछन् ।
हाम्रो अर्को कार्यक्रम पुष १६ गते प्रत्येक जिल्लामा चक्काजामको कार्यक्रम रहेको छ, किनभने पूर्व(पश्चिम रेलवेलाईनको कुरामा मधेशलाई धोका दिन खोजिएको छ । सरकारी पक्षले रेलवे लाईनलाई महेन्द्र राजमार्गको छेउछाउबाट लग्न खोज्दै छ । महेन्द्र राजमार्ग एउटा यातायातको सुविधाको लागि छँदै छ भने अर्को रेल्वे किन चाहियो ? हाम्रो माग छ कि रेल्वेलाई हुलाकी सडकको छेउछाउबाट लगियोस् । अर्को कार्यक्रम पुष २५ गते हिन्दीलाई राष्टिूय शिक्षा कार्यक्रममा जोड्नु पर्ने हाम्रो माग रहेको छ । कक्ष १ देखि १२ सम्म अनिर्वाय विषयको रुपमा हिन्दीलाई पनि राख्नुपर्छ । अर्को कार्यक्रम माघ ५ गते मधेशका सम्पूर्ण जिल्लाहरुमा श्रद्धान्जलीसभा छ, मधेश आन्दोलनमा सहादत् प्राप्त गरेका सहिदहरुप्रति । माध ८ गते हाम्रो केन्द्रीय कमिटीको बैठक गरेर भावी कार्यक्रमहरुको बारेमा छलफल गर्ने छौं ।
तपाईले पाठयक्रममा हिन्दी अनिवार्य हुनुपर्छ भन्नु भयो, नेपालको पाठयक्रममा अंग्रेजी अनिवार्य र नेपाली अनिवार्य नै छ अव हिन्दी थपेर विद्यार्थीहरुलाई झन् समस्यामा पार्न खोज्नुभएको हो ?
हामीले नयाू विषय थप्न खोजेको होइन । कुरा के छ भने यो देशमा हिन्दी पाठयक्रम पहिलादेखि नै थियो । २०२८ सालसम्म हिन्दीमा पढाई हुन्थ्यो । काठमाण्डौको राजदरबारमा पनि मैथली बोलिन्थ्यो । पछि पञ्चायतकालमा मधेशका भाषाहरूलाई उपेक्षित गरिएको हो र पाठयक्रमबाट हटाउने काम गरियो । हामीले थप्न खोजेका होइनौ, हामीले गुमाएका आप्mनो भाषालाई पुनः ल्याउन चाहन्छौं ।
तपाईले मधेशको जमिनको कुरा ल्याउनु भयो, मधेशको जमिन मात्र मधेशीले खरिद गर्न पाउनुपर्छ भन्नुहुन्छ, के मधेशीबाहेक अरु नेपाली जनतालाई मधेशबाट निकाल्न खोज्नु भएको हो ?
संसारका धेरै मुलुकहरुमा यस्तो कानून छ । हाम्रो भनाई के छ भने आ(आप्mनो सम्पति, श्रोतमा आप्mनो अधिकार हुनुपर्छ ।
प्रसंग बदलौ, अव मधेशमा के होला ?
अव मधेशमा तेस्रो चरणको आन्दोलन हुने छ । पहिलो चरण पार भईसकेको छ । दोस्रो चरण पनि ६२÷६३ को मधेश आन्दोलनबाट भयो । अब तेस्रो चरणको आन्दोलन बाँकी छ, जसमा हामीले खोसेर छुट्टै मधेश राष्टू लिनु पर्नेहुन्छ ।
प्रस्तुती ः बी..पी.साह

No comments:
Post a Comment