- Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Monday, April 4, 2011

केपी शर्मा ओली, वरिष्ठ नेता नेकपा एमाले  

‘मोर्चा बनाउनु मुर्खता हो’

 

० राष्टूपतिले धमाधम नेताहरूस“ग भेटघाट गर्दैछ, यसलाई तपाईले कसरी लिनुभएको छ ?
- हरेक कुरामा विवाद गर्ने, कुनै पनि संस्थालाई मर्यादित हुन नदिने र त्यो विवादमा सार्वजनिक ढंगले टिका टिप्पणी गर्ने खालका कुुराहरू राजनीतिक स्वस्थ्यता होइन । माओवादीले नत कसैको इज्जत राख्छ नत कसैको मर्यादा राख्छ यो त एउटा अराजकतावादी छँदै छ । तर अरूले पनि त्यसै हिसावले हल्काफुल्का कमेन्ट गर्नु वाञ्छनीय हुँदैन । राजनीतिक दलका नेताहरूसँग अपेक्षाकृत कामहरू गति नलिइरहेको अवस्थामा राष्टूप्रमुख जस्तो व्यक्तिले नेताहरूलाई बोलाएर आफ्नो चिन्ता जाहेर गर्नु यो कुनै अनुचित खालको काम होइन जस्तो मलाई लाग्छ ।

० राष्टूपतिले यस्तो कार्य गर्नुको मनसाय के होला ?

- यस भित्र कुनै खासै ठूलो मनशाय त होइन होला जस्तो मलाई लाग्छ । किनकी राष्टूपतिले पहिले पनि यसरी नेताहरूलाई बोलाउने, आफ्नो चिन्ता दायर गर्ने गर्नुहन्थ्यो । यो गतवर्ष पनि संविधानसभाको म्याद सिद्धिन लाग्दाखेरि पटक(पटक राष्टूपतिले बोलाउने, भेट्ने कुरा गरेकै थिए, राष्टूपतिले अहिलेमात्रै हैन । कुनै ठाउँबाट पुर्जी  नलिई राष्टूपतिले भेट्नु हुँदैन इजाजत पत्र लिएरमात्र भेट्नुपर्छ भन्ने राष्टूप्रमुखको मर्यादाका निम्ति त्यो अभिव्यक्ति सोभनीय हँुदैन् । राष्टूपतिले आफ्नो मर्यादामा आफैंबस्नु पर्छ । राष्टूपतिले कुनै पनि  राजकीय कामहरू गर्दाखेरि कार्यप्रमुखको सिफारिस अनुसार राजकीय कामहरू गर्छन् ।

० राष्ट्रपतिको यस्तो चासोबाट के उपल्ब्धी होला जस्तो लाग्दैछ ?
- यसबाट उपल्ब्धी के होला र । यहा संविधाननै बनाउन नखोजेका र शान्तिनै नचाहेकाहरू पनि छन् । उनीहरूले ध्रुवीकरण गर्न खोज्ने, दुइ तीहाई प¥याउन कसरत गर्ने, सत्ता कब्जा गर्नेहरूले नेपालमा कसैको प्रयासलाई के गर्न देला र । मलाई लाग्दैन माओवादीले यस्ता कार्य र प्रयासहरूलाई उपल्ब्धी हुनुदिन्छ ।

० नेपाल भ्रमणमा हाल विदेशीहरूको  ओइरो लागेको छ नि ?
-  हरेक राष्टूले  आफ्नो प्रभाव राम्रो होस् भन्न चाहन्छ । आफ्नो हित अनुकुल काम होस् भन्ने चाहन्छ । नेपाली नेताहरू आफूहरू चाहि काम नगर्ने जतिखेर पनि छिमेकी राष्टूहरू वा मित्र राष्टूहरूलाई गाली गरेर गर्ने त्यो खालका कामहरू उपयुक्त हुँदैनन् । आजको जवानामा यस्ता कुराहरू भइरहन्छन् । भ्रमणमा आ(आफ्ना राष्टूका सोचहरू होलान् तर ती कुराहरूमा पनि प्रतिकुल असर नपरोस् भनी सोचेका होलान् । यस्तो कुरालाई केही अनौठो मान्नु हुँदैन । हाम्रो देशमा त समय विच्छ विदेशीहरूलाई गाली गर्ने परम्परा छ । त्यसकारण विदेशीहरूको भ्रमणलाई पनि यहाँ बक्रदृष्टिले हेरिदैछ । 

० हाम्रा नेताहरू पनि लगातार रूपमा विदेश जा“दै हुनुहुन्छ नि ? 
- हाम्रा नेताहरू पनि विदेश भ्रमण विभिन्न ढंगले जाने गर्छन् । कोही भारत जालान् कोही सिंगापुर जालान् तर जहाँगएपनि नेपालका नेताहरू अन्तर्राष्टिूय सम्बन्धले र आर्थिक समस्याले गर्दा जाने गर्छन् । नेपालका नेताहरूले अरूतिरबाट पनि समर्थन प्राप्त भएहुन्थ्यो भन्ने ठान्छन् । हामीले कुनै पनि विदेशी भेट्यौ भन्दैमा कुनै शक्ति वा जथा प्रप्त हुँदैन ।  हामीले हाम्रो अडान स्पष्ट राख्नुपर्छ र राष्टिूय हितको लागि र राष्टिूयको एकताको लागि उभिनुपर्छ । भारत र सिंगापुरले नेपालमा केही गर्न सक्दैन । 

० तपाईले खास सिंगापुर भ्रमणलाई कुन रूपमा लिनु भएको हो ?
- उहाँहरूको केहि प्रयास होला केही काम होला त्यस्तो प्रयासहरू हुन्छन् । सिंगापुर भ्रमणबाट केहि आश गर्नु भएको होला । उहाँहरूले घुम्फिर गर्नु स्वभाविक हो तर केहि राम्रा कुरा सिकेर आउनु राम्रो हुन्छ । सिंगापुर भ्रमणले केही हुनेवाला छ भन्ने मलाई लाग्दैन ।

० नेपालमा स्वदेशी र विदेशी प्रयासहरूले के संकेत देखाउ“दै छ ?
- विदेशी प्रयासलाई त, म खासै महत्व दिन्न । किनकी अयोग्यता आफूले सावित गर्ने र दोष विदेशीलाई दिने । यहाँ केही हिंसावादीहरू छन् जो चाहि हिंसा आफैले मचाउँछन् र शान्ति घोषणा गर्नुपर्छ भनेर चिच्याइरहेका हुन्छन् । हिंसाका पक्षधरले अरूलाई शान्ति विरोधी भनेर भनिरहेका हुन्छन् । देश भित्र सब कुरा यहिका खाते(भातेहरूले गर्छन् अनि सबै दोष विदेशीलाइ दिन्छन् । अब लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछी यसलाई संस्थागत गर्ने, सुदृढ गर्ने, अगाडि बढाउने काममा लाग्नुपर्छ । शान्ति स्थापना गर्नुपर्छ, समता मुलक समाजको स्थापना गर्नुपर्छ । राष्टिूय एकता कायम गर्दै समृद्ध नेपाल हामिले बनाउनुपर्छ तर आफूले यि कामहरू नगरेर केवल भत्काउने काम गर्दैजाने र विदेशीले गर्न दिएन र विदेशीले भत्कायो भन्ने काम राम्रो होइन ।

० सरकारमा गएका केही दलका नेताहरूले तपाईलाई नै सरकार पूर्णता नपाउनुको मुख्य अडचनकार भनेर भन्दैछ नि ?
- अब त्यस्ता निराधार विरोधीहरूको पछाडी कुद्नु हुँदैन । यस्ता कुराहरू यस्तै हल्ला भइरहन्छ । बास्तविकता सबै जनताले देखेकै छ ।

० अर्थात् तपाईले भन्न खोज्नुभएको यसमा कुनै वास्तविकता छैन, हैन त ?

- यसमा केही वास्तविकता नै छैन । म स्थाई कमिटीको एउटा सदस्य हो, म पार्टी नितीहरूको पक्षमा उभिन्छु, पार्टीको लाइनमै बसेर काम गर्छु । तर पार्टी नीति भित्रका र बाहिरका विरोधीहरूले यसलाई आलोचना गर्छन भने मेरो भन्नु केही छैन ।

० तपाई भन्नु हुन्छ म लाइनमै बसेर काम गर्छु तर तपाईकै पार्टीका केही नेताहरू तपाई पार्टीको लाइन भन्दा बाहिर हुनुहुन्छ भन्छन् नि ?
- त्यस्ता व्यक्तिहरूको कुनै मतलब नै छैन । तिनीहरूले भनेको कुराको र टिप्पणीको कुनै अर्थ नै छैन । नत म पार्टीलाई फुटाएर हिडेकोछु, नत पार्टीको विरूद्धमा कुनै षडयन्त्र रचेको छु, म पार्टीको नीतिमा हिडेको छु फेरी पनि पार्टीको विपरीत गयो भन्नेहरूलाई मैले केही भन्नु छैन ।

० नेपालमा वाम ध्रुवीकरण रोक्न एउटा वृहत मोर्चा निर्माण हु“दैछ नि, यस बिषयमा के सोंच्नु भएको छ ?
- ध्रुवीकरण मुर्खतापूर्ण कुरा हो । ध्रुवीकरण रोक्न मोर्चा बनाउनु झनै मुर्खता हो । कुनै पनि ध्रुवीकरण आजको आवश्यकता होइन, न वामध्रुवीकरण, न दक्षीणपन्थि ध्रुवीकरण, वामध्रुवीकरण रोक्न मोर्चा बन्दैछ भन्ने त्यो बेमौसमे बाजा बजाउनु  हो । सहमतिका साथ शान्ति प्रक्रियालाई सफल पार्ने र संविधान निर्माण गर्ने आजको आवश्यकता हो ।

० संविधान बनाउने ठेक्कामा साझेदार तपाईको पार्टीले जनताले संविधान पाएन भने यसको विकल्प के सोंचेको छ ?
-मेरो पार्टी भन्दापनि सबै तिरको कुरा गरौ भने नेतृत्व त पक्कै पनि राम्रो छैन, नालायकहरू छन् जसले जनतामा काफि भ्रम पैदा गरेको छ । संविधान निर्माणको समस्या मेरो पार्टीमा मात्र होइन सबैमा छ । विकल्पको बारेमा अहिले नसोंचेको अवस्था छ । 

० मधेशीहरूभित्र आएको विभिन्न कुराहरूलाई तपाईले कसरी लिनुभएको छ ?
- यस्ता मधेशी नेताहरूको कुरै नगर्नुस् कहिले यता कहिले उता । हामी समग्र नेपाल चाहन्छौं कुनै क्षेत्रीयतावाद, जातीयवाद चाहँदैनौं ।

० मधेशवादी पार्टिहरू सरकारमा नजानुको कारण के होला जस्तो लाग्छ ?
- सबैको आ(आफ्नो विचार हुन्छ र दबाब पनि । हुन सक्छ कसैको दबाबमा यिनीहरू सरकारमा नगएका हुन् । तर, मधेशका एक राजनीतिकदल सरकारमा सामेल हुने कुरा आएकोले मधेशीहरूभित्र एकता तथा विश्वासको खडेरी परेको देखिन्छ ।
प्रसटूती – बी. पी.साह 

No comments:

Post a Comment