interview of upendra yadav by bp sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Thursday, March 24, 2011

interview of upendra yadav by bp sah

“लालकिल्ला हेर्न जानु भएको हो, केही सिकेर आउनुहोला”
उपेन्द्र यादव, अध्यक्ष–मधेशी जनअधिकार फोरम, नेपाल
० तपाईहरू सभासद् पदबाट राजीनामा दिने तयारीमा हुनुहुन्छ रे ?
— खै मलाई त यो कुरा थाहा भएन, तपाईले भन्दा मलाई बल्ल थाहा भयो । मधेशका सम्पूर्ण सभासद्ले राजीनामा दिने हो भन्ने कुरा मैले सोचेको छैन ।
० तर, उनीहरू जेठ १४ भन्दा पहिले नै मधेशी जनतासँग गएर आन्दोलन गर्ने भनेर संयुक्त रूपमा राजीनामा गर्ने तयारीमा छ त्यसमा तपाईको पनि सहभागिता रहेको सुनिन्छ नि ?
— मलाई त थाहै छैन, मेरो संलग्नता छ भनेर । अर्को कुरा के छ भने किन जेठ १४ सम्म पर्खिने ? अगाडि नै राजीनामा दिएर आन्दोलनमा जाउँ ।
० तपाई पनि बेलाबखतमा आन्दोलनको कुरा गर्नुहुन्छ तर ?

— आन्दोलनको कुरा गर्ने होइन, हामी आन्दोलन गर्ने हो । हामी आन्दोलनबाट आएका हौ र तपाईलाई थाहा छ होला आन्दोलन मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको थियो । त्यो अगाडि पनि हामी आन्दोलनमै थियौं विभिन्न ढंगले । त्यसकारणले आन्दोलनबाटै हामी आएका हौं, आन्दोलनको कुरा गर्ने अरू होलान ।
० त्यसो भए तपाईहरू १४ पछि आन्दोलन गर्नुहुन्छ कि त्यो भन्दा पहिले ?
— आन्दोलन भनेको मान्छेको इच्छाले गर्ने कुरा होइन । सबभन्दा पहिलो अहिलेको दायित्व के हो भने संविधान निर्माण गर्ने हो । संविधान निर्माण गरेर विगतका आन्दोलनका उपलब्धीहरूलाई रक्षा गर्नु भन्दा ठूलो आन्दोलन केही पनि छैन ।
० केही दिन पहिले पनि तपाईहरूले आन्दोलन गर्छु भनेर भनिरहनु भएको थियो तर भएन, फेरी आन्दोलन गर्छु भन्नुहुन्छ ?
— हामीले दुई दिन मधेश बन्द ग¥यौं, आफ्नो कुराहरूलाई अगाडि बढायौं र संविधान निर्माणका प्रक्रियाहरूले अलि गति लियो र अहिले केही विषयमात्र बाँकी छ टुंग्याउनलाई । यसलाई टुंग्याएर अगाडि बढ्नुपर्छ र संविधान घोषणा गर्नुपर्छ । मधेश, पहाड र हिमालका मुद्दाहरू सम्बोधन गर्नुपर्छ ।
० दुई÷तीन दिन आन्दोलन गरेर के उपल्ब्धी पाउनु भयो ?
— आन्दोलन नभएको भए यो मुलुक यहाँ आउँथ्यो ? लोकतन्त्र, गणतन्त्र र संघीयता आउँथ्यो त ?
० तपाई न त मोर्चामा अटाउनु भयो, न त सरकारमा नै जानु भयो । यसको वास्तविकता के होला ?
— हाम्रो आफ्नै दृष्टिकोण छ, आफ्नो बाटो छ, शान्तिपूर्ण जनसंघर्षको माध्यमबाट मुलुकमा शान्ति र संविधान अहिलेको आवश्यकता हो, मधेशको मुद्दालाई समाधान गर्ने आवश्यकता हो र हाम्रो आफ्नै बाटो छ । जुन बाटोमा हामी हिडिरहेका छौं, त्यसमा निरन्तर गइरहेका छौं ।
० यो बाटोको बारेमा स्पष्ट गरिदिनुस न ?
— हामी जनताको अधिकारका लागि शान्तिपूर्ण संघर्षमा अगाडि बढिरहेका छौं ।
० सरकारमा सहभागी नहुनुको कारण के होला ?
— हामी सरकारका लागि बनेका छैनौं, हाम्रो पार्टी सरकारकै लागि बनेको पनि हैन, जनताको मुक्तिको लागि बनेको हो । जनताको एजेन्डाहरू सरकारले बोक्छ भने हामी सरकारमा जान्छौं र सरकारले मधेश र जनताको एजेन्डालाई बोक्दैन भने हामी सरकारको विरूद्धमा रहन्छौं । त्यो घोषित नीति शुरूदेखि नै हो ।
० तपाईहरू सरकारमा नगएर के–कस्ता कामहरू गर्नुहुन्छ ?
— हामी प्रतिपक्षमा रहेर शान्ति र संविधानका लागि र हाम्रा राष्ट्रिय मुद्दाहरूका लागि विपक्षमा रहेर पनि प्रयत्न गर्छौं ।
० मधेशवादीहरू सरकारमा नगएर सरकारले सफलता पाउन सक्लान र ?
— कुन मधेशवादीको कुरा गर्नुहुन्छ ? हिजो भर्खर दुई दिन भएको छैन सरकारबाट तल झरेको ती मधेशवादीको कुरा के गर्ने ? हामी सरकारमा गएनौ भने सरकारै खतम हुन्छ भन्ने कुरा भनेको छैन । तर हाम्रो सहयोग र हामीले प्राप्त गर्न खोजेको लक्ष्य सरकारको माध्यमबाट हुँदैन भन्छौं र बनेको सरकारले त्यो दायित्व बोक्नुपर्छ र बोकेन भने जनताले झारिदिन्छ । हामी सरकारमा नगएर त्यति फरक पर्दैन । फरक के पर्छ भने मुलुकका समस्याहरू बनेको सरकारका नेतृत्व गर्नेले हल गर्नुपर्छ ।
० बास्तवमा अहिलेको सरकारले पूर्णता नपाउनुको कारण के होला ?
— त्यो कुरा झलनाथजी लाई थाहा होला कि किन पूर्णता पाएन । त्यो त उहाँको अनुभवको कुरा हो । हामी बाहिरबाट देख्नेले त्यसमा के कमेन्ट गर्नुपर्ला । पूर्णता दिनुपर्ने थियो र सरकार अघि बढ्नुपर्ने थियो र सरकारले मन्त्रीपरिषद् पूर्ण नबनाउनुले गर्दा मुलुकमा अहिले अन्योलता कायम छ यसलाई हटाउनुपर्छ ।
० तर उहा“ भनिरहनु भएको छ कि हामी मधेशका दलहरूलाई पनि ल्याउने प्रयास गरिरहेका छौं त्यसकारणले अहिले सरकार पूर्णता पाउन सकेको छैन ?
— त्यो उहाँको भनाई होला, उहाँको प्रयास होला । त्यो प्रयास उहाँहरूले कुन ढंगले कसरी गरिरहनु भएको छ त्यो उहाँले नै भन्नुहुन्छ ।
० यो सरकारले कसरी पूर्णता पाउन सक्ला ?
— यो सरकारले पूर्णता पाउनको लागि झलनाथ खनालले मन्त्री परिषद्को विस्तार गर्नुपर्छ ।
० तीन वटा मधेशी दलका नेताहरू दिल्ली प्रस्थान गर्नुभयो, यसलाई कन रूपले लिनु भएको छ ?
—उहाँहरू दिल्लीमा जानुहुन्छ राम्रो कुरा हो, लालकिला हेरेर आउनुहुन्छ । नेपाली जनताले त्यो लालकिलाबाट के सिकेर आयो वा इन्डिया गेटमा गएर केही कुरा सिकेर आउँछन् कि भन्ने आशा गर्लान ।
० तपाई किन जानु भएन ?
— उहाँहरूलाई बोलाइयो उहाँहरू जानुभयो, मलाई बोलाइएको भए सोंच्ने थियौ ।
० हालमै सद्भावना नेतृ आनन्दी देवी सिंहको निधन भयो, उहा“लाई विशेष समयमा अपहरण गरिन्थ्यो, किर्ते हस्ताक्षरहरू गरिन्थ्यो अनि त्यसपछि अहिले आएर केही नेताहरूले उहा“को लागि केही आवाजहरू उठाउ“दै हुनुहुन्छ, यस्ता नेताहरूलाई के भन्न चाहनुहुन्छ ?
— ठूलै राजनीतिक भूमिका नभए पनि सद्भावना पार्टीको अध्यक्ष भएर यातना खेप्नु भयो आनन्दी देवीले । तिनै नेताहरूबाट जसले अहिले गोहीको आँसु चुहाइरहेका छन् । ती नेताहरूबाट आनन्दी देवी प्रताडित भइन, दुःख पाइन, अपमानित भइन, अपहरणमा परिन यी सारा कुराहरू सद्भावना पार्टीबाटै भोग्नु परेको छ नि । तिनीहरूबाट अब मुक्त भइन ।
० उहा“को मृत्युप्रति तपाईको के भन्नुहुन्छ ?
— उहाँको निधनले हामी दुःखित भएका छौं र उहाँको आत्मालाई शान्ति मिलोस् यहि कामना गर्छौं । उहाँलाई हाम्रो तर्फबाट श्रद्धाञ्जली र श्रद्धा सुमन छ ।



प्रस्तुति ः बी.पी.साह

No comments:

Post a Comment