Interview of brikheshchandra lala By Bp Sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Friday, April 15, 2011

Interview of brikheshchandra lala By Bp Sah

Add caption

तमलोपाले आन्दोलन गर्छ भने काँग्रेस आउँछ ? –बृषेशचन्द्र लाल, उपाध्यक्ष–तराई मधेश लोकतान्त्रिक पार्टी

० संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र महेन्द्र यादवलाई ल्याउने कसरत भइरहेको थियो त्यो कहासम्म पुग्यो ?
- त्यो कुरा अहिले प्रवेश भएको छैन र त्यसबारेमा छलफल पनि भएको छैन त्यो बाहिरी हल्ला मात्र हो । अहिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तीनवटा घटकहरू फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको मात्रै बैठक भइरहेको छ । त्यसमा अरूलाई प्रवेश गराउने÷नगराउने कुराहरू अहिले उठेकै छैन ।

० तर, तमलोपा (नेपाल)लाई पनि मोर्चाभित्र ल्याउने कुराहरू बाहिर आएको छ नि त ?
-  त्यस्तो कुरा उठेको त मलाई जानकारी छैन र छलफल भएको पनि छैन ।

० अहिलेको सन्दर्भमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन गर्ने कुरा आएको छ यसको बारेमा विस्तृतमा भनिदिनुस न ?
- संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अहिले जुन बैठकहरू भइरहेको छ त्यो बैठकमा केही एजेन्डाहरू प्रवेश भएका छन् । एउटा एजेन्डा के छ भने शान्तिप्रक्रिया र संविधान निर्माण सम्बन्धी अहिलेको जुन वर्तमान अवस्था छ त्यसलाई मूल्यांकन गर्नु र समिक्षा गर्नु । अर्को सेना समायोजन सम्बन्धी सेनाको जुन प्रस्ताव आएको छ जसबारे अहिले माओवादी पनि सकारात्मक देखिएको छ । त्यसबारेमा मधेशी दलहरूको के धारणा हुने हो त्यसबारेमा पनि छलफल भइरहेको छ । हाम्रो भनाई के छ भने सेनाको जुन प्रस्ताव हो त्यसमा मधेशीहरूको कुनै कुुरा उल्लेख भएको छैन । दोस्रो मधेश आन्दोलनको उपलब्धी आठ सुत्रीय जुन सहमति राज्यसँग भएको त्यसमा स्पष्टतः उल्लेख के छ भने ‘सेनामा पनि समानुपातिक प्रतिनिधित्व मधेशीहरूको हुनुपर्छ ।’ हामी यो पनि भन्दैनौं कि राजनीतिक आधारमा मधेशीहरूलाई त्यहाँ राख्नुपर्छ । मधेशीहरूले पनि सेनामा सहभागि हुनुप¥यो, त्यो पनि उनको अधिकारको कुरा हो र एउटा नेपालीको हैसियतले अहिले जुन सेनामा मधेशीहरूलाई नगन्य रूपमा प्रवेश दिइएको छ । मधेशीहरूको जनसंख्याको उपस्थितिका आधारमा तिनका निम्ति सुरक्षित स्थान हुनुपर्छ । सेनाको जुन आफ्नो क्राइटेरिया छ, त्यो क्राइटेरिया अनुसार नै त्यसमा नियुक्ति हुनुपर्छ । अहिलेसम्म के देखिएको छ भने भेकेन्सी निकाल्यो र मधेशीहरू फिट नै छैन भनेर भर्ती गर्दैनन् । मधेश आन्दोलनका शहीदहरूले गर्दा नै नेपालमा संघीयताको ग्यारेन्टी भएको छ । त्यस्तो अवस्थामा यो तर्कहरू विभेदपूर्ण हुन् । अहिले सेनाको जुन प्रस्तावहरू छन् त्यो प्रस्तावमा मधेशीहरूको यो एजेन्डालाई अलिकति पनि छोएकै छैन । त्यसमा हाम्रो ठूलो विमती छ । सेना समायोजन सम्बन्धी जति पनि प्रस्तावहरू आउँछन् त्यसमा मधेश एउटा स्टेक होल्डरका रूपमा गर्नुपर्छ भन्ने तमलोपाको धारणा छ । सर्वोच्च अदालतको फैसलाबाट पनि के देखियो भने विभेदपूर्ण मानसिकताले र नभएका कुराहरूलाई आधार बनाएर मधेशीहरूका विरूद्ध फैसलाहरू भइरहेका छन् । त्यसबारेमा पनि संयुक्त लोकतान्त्रिक मोर्चाले अहिले छलफल गरिरहेको छ । यदि संविधान बन्न सक्ने स्थिति भने संविधान बनाउने प्रयत्न गर्छौं । तथापि बन्नै सक्दैन भने त्यो संविधानसभामा हामी बस्न सक्दैनौं भन्नेमा पनि हाम्रो कुरा चलिरहेको छ । राष्ट्रिय जनगणना जुन १०–१० वर्षमा हुन्छ, त्यसमा भाषा सम्बन्धमा छलफल भइरहेको छ । हाम्रो आगामी कार्यक्रम के हुनेछ भन्ने विषयमा पनि छलफल भइरहेको छ । मधेशमा बढेको गैरन्यायिक हत्या छन् त्यसका बारेमा पनि त्यहाँ छलफल भइरहेको छ ।

० मधेशका कुन यस्ता ठाउँ हेर्नुभएका छन् जहाँ मैथिली भाषीले भोजपुरी बुझ्दैन वा अवधी भाषीले मैथिली बुझ्दैन त्यहाँ त सबै भाषा एकआपसमा लिंक छ नि । फेरी हिन्दी किन ल्याउनुपयो ?
- आफ्नो जुन भाषा मातृभाषा छ, त्यो मातृभाषाको रूपमा लेख्नुप¥यो । त्यसपछि आफूले प्रयोग गर्ने सबभन्दा नजिकको भाषा के हो ? जस्तो मानौं अवधि मातृ भाषा हुनेले दोस्रो भाषाको रूपमा भोजपुुरी प्रयोग गर्छन् भने भोजपुरी लेखाउनुप¥यो हिन्दी प्रयोग गर्छन् भने हिन्दी लेखाउनुप¥यो । त्यसका निमित्त आफ्नो मधेशका जनतालाई हामी सचेत गर्न खोजिरहेका छौं ।

० संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको घोषणा गर्ने भनेर यसको वास्तविकता के होला ?
-  आन्दोलन गर्ने सौखले हुँदैन, आन्दोलन कसैले निम्तो गरेर गर्छौं भन्ने कुरा भन्नु यो बेकारको कुरा हो । जब एउटा पक्षले आन्दोलन गर्छ भने यथास्थितिवादीहरू राज्यपक्षकाहरूले जहिले पनि त्यो आन्दोलन अरू ठाउँबाट सञ्चालित छ, स्वार्थले प्रेरित छ भनेर भन्छन् यो नौलो कुरा होइन । राणाहरूको विरूद्धमा लोकतन्त्रका निमित्त आन्दोलन हुँदा राणाहरूले त्यहिं आरोप लगाएका थिए । पञ्चायतका विरूद्धमा आन्दोलन हुँदाखेरि पञ्चायतका राजा र तिनका पञ्चहरूले यिनीहरू सबै अराष्ट्रिय तत्व हुन् भनेर भनेका थिए । फेरी ज्ञानेन्द्रको प्रतिगमनको विरूद्धमा आन्दोलन हुँदा त्यहिं कुरा भनियो र मधेश आन्दोलन हुँदा पनि त्यहिं कुरा भनियो । तर, मधेश आन्दोलनमा यति सहादत्त दिएर मधेशीहरूले सम्पूर्ण नेपालका जनतालाई एउटा ठूलो उपलब्धी दियो भने कि मुखले कराए पनि अन्तरिम संविधानमा प्रचण्ड, गिरिजाप्रसाद, माधव नेपालले पनि संघीयता नदिने । अहिले हामी तीन वर्षमा संविधानको निर्माण होस् भनेर संविधानसभामा पूरा सहयोग गर्दै आएका छौं । तर, अब तिनै दलका नेताहरूले अब त संविधान बन्न सक्दैनन्, फेरी म्याद थप्ने वा त्यसमा सत्ताको खेल गर्ने आदि अवस्थाहरू छन् । हाम्रो आन्दोलन मूल रूपमा संघीयताका निमित्त केन्द्रित हुन्छ । मधेशीहरूले आन्दोलन गर्ने हो विभेदपूर्ण नीति र विभेदपूर्ण जुन अवस्था छ राज्यले सिर्जित गरिरहेको त्यसलाई अन्त्य गर्नका निमित्त । संविधानलाई ओझेलमा पारेर म्याद थप्दै जाने भन्ने कुराको विरोधमा अब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको मानसिकता पनि बनाएको कुरा सत्य हो तर, कार्यक्रमहरू ल्याइसकेका छैनौं ।

० मधेशका आन्दोलनहरू प्रायतः सत्ताकै लागि हुने गरिन्छ, यो सर्वविदितै कुरो हो । तर सरकारमा गइसकेपछि आन्दोलनको कुनै कुरै हुँदैन किन ?

- सरकारमा जानुको अर्थलाई हामीले सुक्ष्म रूपमा बुझ्नुपर्छ । सरकारमा हुँदाखेरि यसो गरेन भनेर भन्नुलाई अलिकति सुक्ष्म राजनीतिक विश्लेषण गर्नुपर्छ । जसले सरकारको नेतृत्व गरिरहेको छ, जसको हातमा सरकारी संयन्त्रहरू छन्, राज्यका सम्पूर्ण संयन्त्रहरूमा परिवर्तन गरेर एउटा नीति जसले गर्न सक्छ त्यो सरकारमा जानुको अर्थ वास्तवमा त्यो हो । सरकारमा मधेशीहरू कहिल्यै पनि निर्णायक हुन पाएन । सरकारमा उपस्थित रहनु एउटा कुरा हो र सरकार चलाउनु भनेको अर्का कुरा हो । आन्दोलनमा जाने कुरा उठिरहेको छ यो सत्तामा जानको लागि होइन यसलाई मिनिमाइज गर्ने षड्यन्त्रका रूपमा प्रचारप्रसार गर्दैछ ।

० तपाईहरूलाई सरकारमा सम्मान नै हुँदैन भने किन तपाईहरू सरकारमा जानुहुन्छ ?
-  तमलोपा पहिलो पल्ट सरकारमा गएन र पछि पनि सरकारमा जाने कुराबाट आफूलाई अलग राखेको थियो । तराई मधेश लोकतान्त्रिक पार्टी दोस्रो पटक पनि पूरा अडान थियो कि हामी सरकारमा नगइकन बाहिरबाट समर्थन गर्छौं तर एउटा के बुझ्नुपयो भने त्यतिखेर लोकतन्त्रमाथि ठूलो खतरा आयो । प्रचण्डको नेतृत्वमा जुन सरकार थियो सेना सम्बन्धी निर्णयहरू र अरू गतिविधिहरू के देखियो भने उनीहरूको दृष्टिकोण लोकतन्त्रवादी होइन सैन्यवादी मात्रै छ । त्यसकारण मधेशको आन्दोलनको लागि अलि टाढासम्म दृष्टि पुयौं भने लोकतन्त्र भएन भने मधेश आन्दोलनलाई अगाडि बढाउन हामी सक्दैनौं र अत्यन्त गाह्रो हुन जान्छ । त्यसकारण लोकतान्त्रिक प्रक्रियालाई मजबुत गर्नका लागि लोकतान्त्रिक सरकारको निर्माणका लागि तमलोपाले पनि समर्थन ग¥यो र यस्तो वातावरण बन्यो सबैको संयुक्त लोकतान्त्रिक मोर्चा बनाएर लोकतान्त्रिक सरकार बनाउ भन्ने कारणले मात्र तमलोपाको उपस्थिति रहेको हो । त्यहाँ उपस्थिति हुँदा आफ्नो कुराहरू मजबुतीका साथ राख्दै आएका छन् । एउटा कुरा स्पष्ट छ तमलोपा सत्ताका निमित्त होइन लोकतन्त्र र मधेशका एजेन्डाका लागि हो ।

० कतिपय विश्लेषणमा के सुन्न पाइन्छ भने जता–जता काँग्रेस जान्छ, उता–उता तमलोपा जान्छ नि ?
- यस्तो भन्ने एउटा मानसिकता हो मात्रै हो । लोकतन्त्रलाई मान्नु भनेको काँग्रेसकै पछाडि लाग्नु भन्ने हो भने यसमा केही भन्नु छैन । जता–जता काँग्रेस जान्छ उता–उता तमलोपा भने पार्टीले आन्दोलन गर्दाखेरि काँग्रेस त्यो आन्दोलनमा किन देखिएन ? भोली मधेशवादी दलहरूले वा तमलोपाले मधेशका निमित्त आन्दोलन गर्छ भने त्यसमा काँग्रेस आउँछ ? कतिपय कुरामा काँग्रेससँग हाम्रो कुरा कहिं–कहिं समान हुन सक्छ । जस्तै लोकतन्त्रको कुरामा यदि काँग्रेसले महत्व दिन्छ तमलोपाले लोकतन्त्र नभई नहुने कुरा ठानेको हुनाले त्यसमा लोकतन्त्रका लागि एकसाथ अगाडि बढ्न सक्छ । तर, मधेशको एजेन्डाको बारेमा काँग्रेसको स्पष्ट धारणा छैन । स्पष्ट धारणा नभएको हुनाले जोसँग हाम्रो धारणा मिल्छ, हामी उनैसँग हातेमालो गरेर अगाडि बढ्छौं ।

० अहिलेका सरकारले दुई तिहाई बहुमत पु¥याएर संविधान निर्माणको कसरत पनि गरिरहेको कुरा बाहिर आएको छ, दुई तिहाई बहुमतले संविधान निर्माण भयो भने तपाईहरूले त्यो अवस्था के गर्नुहुन्छ ?
- दुईतिहाई बहुमत पुयाउने तर लोकतन्त्रलाई टाढा राखिदिने, मधेशको एजेन्डालाई टाढा राखिदिने भन्ने जुन षड्यन्त्र भइरहेको छ, यसलाई हामी पूर्ण रूपमा प्रतिकार गछौं । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार हुँदैन । तर, यदि वास्तवमा एउटा यस्तो संविधान बनाइन्छ जहाँ लोकतन्त्रको जुन महत्व छ, त्यसलाई मानेर बहुलवादलाई मानेर मधेशको एजेन्डालाई सम्बोधन गर्ने गरी संविधान बनाइन्छ भने दुई तिहाई हैन सर्वसम्मतिबाट नै संविधान बनाउनेतिर जान्छौ ।

प्रस्तुती : बी.पी. साह

 

No comments:

Post a Comment