interview of laxmanlal krana by bp sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Monday, April 4, 2011

interview of laxmanlal krana by bp sah

लक्ष्मणलाल कर्ण, सह–अध्यक्ष, सद्भावना पार्टी  

“वाम ध्रुवीकरण रोक्न मोर्चा बनाउदै छौ”

 

लक्ष्मणलाल कर्ण, सह–अध्यक्ष, सद्भावना पार्टी  

सरकारमा जाने सद्भावना पार्टीको जन्म जात रोग हो तर यस पटक सरकारमा नगएर के गर्न खोजेको होला ?
— प्रधानमन्त्रीका लागि हामीले पहिलो चोटि मधेशी, जनजातिलाई उम्मेदवार बनाएका थियांै र त्यो उम्मेदवारलाई तीनवटा ठूला पार्टी मिलेर हराए । स्वभाविक रूपमा संसदीय व्यवस्थामा जब आफ्नो उम्मेदवारको पराजय हुन्छ भने नैतिक रूपबाट पनि उसले विपक्षमा बस्नुपर्ने अवस्था हुन्छ । त्यसकारणले आज होइन शुरूमै जब यो परिणाम आयो त्यो परिणाम पश्चात् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले र सद्भावना पार्टी स्वयम्ले हामी एउटा रच्नात्मक प्रतिपक्षको भूमिका प्रदान गर्छौ र सरकारमा जादैनौं भनेर निर्णय गरेको हो । तर, सरकारमा नगएर पनि संविधान बनाउने काम र शान्तिप्रक्रियामा निष्ठापूर्वक सद्भावना पार्टी लाग्छ । अहिले पनि विमति समाधान गर्नुपर्ने समिति बनेको छ त्यसमा म स्वयम् सामेल भएर काम गरिरहेको छु । सरकारमा नगए पनि देशलाई संविधान र शान्ति चाहियो त्यसमा हामीले खुल्ला रूपबाट सहयोग गर्न तयार छौं ।

० सरकार ढाल्ने गृहकार्य मधेशी मोर्चाले अन्मित चरणमा पु¥याएको कुरा माओवादी–एमालेलगायतले बाहिर ल्याइरहेको छ नि ?
— सरकार नै ढाल्नको लागि हामीले त गृहकार्य गरेको होनौ तर सरकारलाई सतर्क बनाउने गृहकार्य चाहि गरेका हौं । हामी प्रतिपक्षमा बसेर अहिलेको सरकारले गरेका ज्यादतिहरू, काम कुराहरूको निगरानी गर्ने, त्यस सम्बन्धमा भएका त्रुटिहरूलाई जनता समक्ष लग्ने, त्यसले संविधान र शान्तिप्रति जुन उत्तरदायित्वपूर्ण रूपले लाग्नुपर्ने हो लागेको छैन त्यसको उजागर गर्ने हाम्रो धर्म पनि हो । अर्कोतर्फबाट सोंच्ने हो भने हामी सरकलाई सघाउने रूपमा काम गरिरहेका छौं ।

० तर सत्तारूढ दलका नेताहरूका अनुसार तपाईहरूको पार्टीले दिल्ली भ्रमण सरकार ढाल्नको लागि गरेको हो रे, दिल्ली भ्रमणको वास्तविकता के हो ?

— यो देशमा दिल्ली भ्रमण नगर्ने कुन नेता छ, यो सबैलाई थाहा छ । प्रश्न यतिमात्र के भने पहिले शासकहरू मात्र दिल्ली भ्रमणमा जान्थे तर अहिले शोषितहरू पनि भ्रमण गर्दैछन् । यिनीहरूलाई लागिरहेको छ भ्रमण सत्ताधारीको ड्यूटी मात्र हो । रैती र प्रजाहरू किन दिल्लीसम्म पुगे भन्नेमा उनीहरूले दुःखेसो पोखिरहेका छन् । दिल्ली वा कुनै ठाउँ जानु यो कुनै नौलो कुरो होइन, यो सबै पार्टीले गर्छ । उनीहरू भित्र जुन किसिमबाट त्रास आइरहेको छ त्यस किसिमको त्रास लिनुपर्ने सरकारलाई कुनै जरूरी छैन । दिल्लीले यो देशमा लोकतन्त्र हेर्न चाहिरहेको छ, शान्ति चाहिरहेको छ, संविधान कस्तो बन्छ, शान्तिप्रक्रिया टुंगोमा कसरी पुग्छ यो कुरामा कुनै पनि देशले मतलब पनि राख्दैन । एउटा लोकतान्त्रिक देश भएको कारणले यो देशमा लोकतन्त्र रहोस्, यो देशमा शान्ति आओस् त्यति कोशिस गरेको छ अन्य केही पनि छैन ।

० मोर्चाका अध्यक्षहरूको भ्रमणबाट उपलब्धी के त ?
–आफ्नो छिमेकी मित्रहरूलाई नेपालको अहिलेको वर्तमान परिस्थिति के रहेछ भन्ने जानकारी राख्न पायो । भेटघाटमा चिन्ता र चासोको कुरा, राजनीतिक कुराहरू आदान(प्रदान भयो । त्यहाँबाट आउँदा भारतले हाम्रो देशमा लोकतान्त्रिक संविधान बनोस्, द्वन्द्वको समाधान होस् र समयमा संविधान पनि आओस् भन्ने जस्ता कामना त्यहाँका नेताहरूको पाइयो ।

० तपाईहरू संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पछि अब बृहत्त लोकतान्त्रिक मोर्चा निर्माण गर्दैहुनुहुन्छ रे ?
–हामीले अहिले नै बृहत्त लोकतान्त्रिक मोर्चाको निर्माण गरेका छौनौं । अहिले नै मोर्चा बनाइ हाल्नु पर्ने आवश्यकता देख्दिन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यो देशमा लोकतन्त्र रहोस् भन्ने खोजेको हो र अहिलेको अवस्थामा लोकतन्त्र खतरामा परेको हामीलाई महसुस हँदैछ । देशमा लोकतन्त्रको लागि खतरनाख सावित हुने बाम ध्रुवीकरण हुँदैछ । त्यस अनुरूप देशमा बाम धु्रवीकरणको विरोध हामीले गरेका छौं । त्यो बाम धु्रवीकरणले लोकतान्त्रिक शक्तिलाई प्रहार गर्ने हो कि, नेपालमा लोकतान्त्रिक संविधान नल्याउने हो कि त्यस किसिमको आशंका भएको कारणले देशमा जनवादी र साम्यवादी संविधान संविधान बनाउन प्रयास नहोस् भन्ने भनिकन हामीले बाम धु्रवीकरण बन्नु हुँदैन भन्ने चाहान्छौ । लोकतन्त्रमाथि प्रहार हुने किसिमको अभ्यास भइरहेको छ त्यसको विपक्षमा हामी छौं ।

० केही राजावादी र केही लोकतन्त्रवादी शक्तिहरू मिलेर नेपालमा नया“ बृहत्त लोकतान्त्रिक मोर्चा निर्माण गर्दै हुनुहुन्छ, यसको बैठकमा तपाई पनि सामेल हुनुभएको जस्ता कुराहरू बाहिर आएको छ नि ?

–म यस विषयको कुनै पनि त्यस्तो बैठकमा सामेल छैन । सरकारले गलत काम गर्न थालेको अवस्थामा निश्चित रूपबाट विपक्षमा बसेका दलहरू सरकारको गलत क्रियाकलापको सम्बन्धमा पनि बैठक गर्छ । तपाईले भन्न खोज्नु भएको बैठक त्यस किसिमबाट हो । न कि कुनै किसिमबाट मोर्चा बनाएर लडाई गर्ने कुरा होइन ।

अर्थात देशमा बाम धु्रवीकरण बढ्न लागेको भन्दै तपाईहरू लोकतान्त्रिक धु्रवीकरण गर्न लाग्नुभएको हो ?
–बाम धु्रवीकरण देशको हितमा हुँदैन । बाम संविधान बन्यो भने त्यो पनि देशको हितमा हुँदैन, संसारले त्यस्तोलाई स्वीकार्ने अवस्था छैन । त्यसकारणले बाम धु्रवीकरण अनुसारको कुनै बामपन्थी संविधान नबनोस् भन्ने हाम्रो धारणा हो । र, त्यही अनुसार हामीले काम गर्दै छौं । 

० बास्तविकता तपाईहरूले गोप्य बैठक मोर्चा बनाउनको लागि होइन बरू बाम धु्रवीकरण रोक्नको लागि गर्दै हुनुहुन्छ ?

–हामी बाम धु्रवीकरणको विपक्षमा छौं र लोकतान्त्रिक शक्तिहरूलाई हामीसँगै आउन भनेका छौ । हामीसँग प्रयः लोकतन्त्रबादी शक्तिहरू छन् उहाँहरूसँग कुराकानी हुन्छ । बामहरूतिर पनि  लोकतान्त्रिक शक्तिहरू छन्, लोकतन्त्र पक्षका व्यक्तिहरू छन् । अझ हामीले भनिरहेका छौं यो देशलाई आवश्यक लोकतन्त्र हो त्यसकारण सरकारमा भएका दलहरू जो लोकतन्त्रका पक्षधर हुन त्यस किसिमको कुनै धु्रवीकरण भयो भने त्यसको विपक्षमा नै रहनुपर्छ भन्ने हाम्रो धर्म हो ।

० प्रसंग बदलौं, जेठ १४ भित्र संविधान बन्दैन भनेर सबैले आंकलन गरिसकेका छन्, यसको भित्री कुरो के होला ?

–संविधान निर्माणका लागि थपिएको एक बर्ष समयमध्ये आठ महिना तीन पार्टीले सरकार निर्माणकै झगडामा बिताइदिए । यस अवधिमा संविधानको ‘स’ पनि उच्चारण गरिएन । त्यसपछि सभामुखको पहलमा २८ पार्टीको संयन्त्र बनाएर विवाद मिलाउने काम भयो, त्यसपछि विवाद मिलाउने काम संवैधानिक समितिलाई दिइयो र संवैधानिक समितिले पनि उपसमिति बनाएर केही विवादहरू समाधान गरे । त्यो १० वटा विषयको थियो, जसमध्ये २१० प्रश्नमध्ये ३० वटा प्रश्न बाँकी छ । त्यसपछि राज्यपुनर्संरचना समितिको प्रतिवेदन भर्खर संवैधानिक समितिमा प्राप्त भएको छ र त्यसमा अहिले साधारण छलफल शुरू भएको छ । यो छलफल पश्चात् त्यहाँ कुरा मिल्न नसकेको फेरी उपसमितिमा पठाउने समझदारी भएको छ । जेठ १४ गते संविधान बनिहाल्ने स्थिति देखिदैन ।

० मधेशी मोर्चाले जेठ १४ गते संविधान नबन्ने निश्चित भएपछि आन्दोलनमा जाने कुरा गर्दैछ नि ?
–मधेशका पार्टीहरूको दोस्रो नाम नै आन्दोलन हो र आन्दोलनबाट खडा भएका नै यी पार्टीहरू हुन् । मधेशको विरूद्धमा कुनै पनि काम हुन्छ वा त्यस किसिमको अवस्था स्थिति सिर्जना हुन्छ भने मधेशवादी पार्टी र मोर्चा हमेशा आन्दोलनको लागि तयार रहनुपर्छ । हमेशा मधेशीको अधिकार दिलाउने पक्षमा आन्दोलनबाहेक अन्य कुनै उपाय हुन सक्दैन । त्यसको लागि सदैव हामी तयार छौ ।

० अर्थात अब तपाईहरू आन्दोलनमा ?
–जब संविधान नै बन्दैन भने, मधेशी अधिकार पाउँदैन भने मधेशीहरूलाई आन्दोलनबाहेक अन्य कुनै विकल्प रहन नगए पछि त्यो एउटा आन्दोलनको मात्र विकल्प हुन्छ । जुन कि देशलाई र मधेश विरोधीहरूलाई सहि बाटोमा लगाउने एकमात्र उपाय रहन जान्छ र अन्य उपाय रहँदैन ।

० त्यसोभए आन्दोलन कहिले देखि हुने हो ?

–अहिले हामीले कुनै निर्णय गरिसकेका छैनौं तर, हामी हेर्दैछौं कि संविधानको कुन स्टेजमा हामी पुग्छौं र कुन अवस्थामा हामी पुग्छौं । त्यो संविधान मधेशले माग गरेको र मधेशीहरूको अधिकार मधेश प्रदेश दिने जुन सम्झौता पटक–पटक भएको छ त्यो पाउने अवस्था हुन्छ कि हुँदैन त्यो सम्पूर्ण कुरा हेरेर आन्दोलनको स्वरूप हामी तयार गर्छौं ।

० जेठ १४ आउन थोरै दिन बा“की छ यस्तै कुरामा अल्झिनु भयो भने तपाईकै कुराको आधारमा आन्दोलन पनि तुहिने छ र मधेशीको अधिकार पनि तुहिनेछ नि ?
–गजेन्द्र नारायण सिंहले मधेशीहरूलाई अधिकार दिलाउने संकल्प गर्नुभयो त्यो संकल्प कहिल्यै पनि समाप्त हुँदैन । बरू त्यो बिऊ अहिले रूखको रूपमा तैयार भइसकेको छ, फल दिने अवस्था स्थितिमा आइरहेको छ त्यो फलको निगरानी गर्नुपर्ने अवस्था स्थिति छ । त्यसको लागि सम्पूर्ण मधेशी मिलेर निगरानी गर्नुपर्ने, त्यसलाई तुहाउने, लुट्ने, भाँच्ने काम कसैले गर्छ भने त्यसको लागि तयार रहनुपर्ने अवस्था छ ।

० आन्दोलन मोर्चाले मात्र गर्ने हो कि अरूपनि पार्टीहरू मिलेर ?
–अहिले हामी मोर्चालाई लिएर हिडिरहेका छौं, आन्दोलनको सन्दर्भमा जसले स्वीकार गर्छ, जसले मधेशको अधिकार दिलाउने कुरा गर्छन् त्यो सम्पूर्ण पक्ष र पार्टीलाई हामीले साथमा लिएर हिड्छौं ।

० त्यसो भए तपाईहरू मधेशी जनतालाई आन्दोलनको लागि तयार हुन भन्नुहन्छ ?

–मधेशी जनताहरू आन्दोलनको बिल्कुल तयार भएर बसेका छन् र हामीले बिगुल फुक्न मात्र बाँकी छ ।

० फेरि आन्दोलनको अर्थ ५३÷५४ जना शहीदको सहादत्त तुहाउनु र फेरि सिधासाधा मधेशी जनतालाई मार्नु, तपाईहरू कुर्सी पाएर झन्–झन् मोटाउनु ?

–५३/५४ जनाको सहादत्तको फलस्वरूप यो देशको अन्तरिम संविधानमा संघीयता उल्लेख हुनगयो । आज संघीयता जुन भइरहेको छ त्यसको देन मधेश आन्दोलन हो । फेरि पनि आन्दोलन भएन भने पाएको संघियता पनि गुम्ने खतरा छ ।  

प्रसटूती – बी. पी.साह

No comments:

Post a Comment