नेपालमा जता हेरे पनि अर्थिक अनियमितता
रामकृष्ण यादव, सभापति सार्वजनिक लेखा समिति
वायुसेवा निगमको कुरामा लेखा समितिले रोक लगाएको थियो तर पनि प्रधानमन्त्री नेपालले जहाज किन्न सक्ने कुरा व्यक्त गर्नु भएको छ नी ?यस सन्र्धभमा लेखा समितिले विभिन्न समयमा निर्णयहरु गरिसकेको छ । त्यसको कार्यन्वयन बाँकी छ । यस विषयमा प्रधानमन्त्रीलाई पनि लेखा समितिले बालाएको थियो । प्रधानमन्त्रीसँग पनि सोधपुक्ष गरियो ।
प्रधानमन्त्रीको जबाफ के पाउनु भयो ?
उहाँले यस किसिमको कुनै कुरा नगरेको बताउनु भयो । उहाँले अर्को सन्धर्भमा बोल्नु भएको बताउनु भएको छ । उहाँले आवश्यकता परे जहाज किन्न सक्ने मात्र बताउनु भएको हामीलाई जानकारी आएको थियो । प्रधानमन्त्री नेपालले भन्नु भयो मैले लेखा समितिको निर्णय विपरित गएको छैनौं । प्रम नेपालका अनुसार आफु लेखा समितिको निर्णयको विपरीतमा नगएको तर लेखा समितिले चाह र आवश्यकता भए जहाज किन्न सक्ने बतानु भयो । उहाँले लेखा समितिको निर्णयलाई मनेर नै बालेको देखियो ।
निगमको विषयमा प्रधानमन्त्री नेपालले अखित्तियारलाई नै दवाव दिनु भएको छ नी ?
कस्तो किसिमको दवाव ? मलाई केही थाहा भएन । हुन सक्नछ उहाँको आप्mनो विषय बस्तु होला । हाम्रो जानकारीमा यस्तो कुनै किसिमको छैन ।
प्रस्ट रुपमा भन्नु पर्दा(प्रधानमन्त्री नेपालले अखित्तियारका भत्तप्रसादलाई बोलाएर निगमका कंसकारलाई कारवाही नर्गन दवाव दिएको कुरा बाहिर आएको छ नी ?
यसबारे हामीलाई थाहा भएन । प्रधानमन्त्री ज्यूले बोलाउनु भयो कि भएन । मलाई लाग्छ यो हावाको कुरा हो । यस विषयमा म केही बोल्न चाहन्न । मलाई लाग्छ अहिलेको अवस्थामा यस्तो कुराहरु उठनु भनेको समान्य हो । यस्तो कुहरुले प्रधानमन्त्रीलाई विवादमा पार्न खोज्दैछ । मेरो विचारमा यसको कुनै अर्थ छैन । यो कुरा अर्थहिन हो ।
वायुसेवा निगमको घटनाको टुंगो कसरी लाग्ने छ ?
जहाज किन्नु पर्ने आवश्यकता देखिएको छ । लेखा समितिलाई पनि जहाज किन्नु पर्ने आवश्यकता जस्तो महसुस भएको छ । जहाज किन्नु पर्छ तर हामी सहिप्रक्रियाबाट किनियोस भनेर चाहि रहेका छौ । यस सम्बन्धमा लेखा समितिले निर्णय पनि गरिसकेको छ । प्रक्रियापुरा गरेर जहाजहरु खरिद गरिने छ । प्रक्रिया पुरा नगरि किनिएको जहाजमा विवाद उत्पन्न हुनसक्छ । त्यस कारण निगमको हरेक कार्य पक्रिया पुरा गरेर हुनु पर्छ ।
कहिलेसम्म यो प्रक्रिया पुरा हुनेछ ?
यसको कुनै निश्चित समय तोकिएको छैन । यस्ता कुराहुको प्रक्रिया मिलाउनु पर्ने छ । हामी हेरौं कहिलेसम्म यो प्रक्रिया पुरा हुन्छ । हामी त जति छिठो होस् भन्ने चाहि रहेका छौं । तर छिटो नै हुने जस्तो लागि रहेको छ । अन्य कुराहरु मिलि सकेको छ । केही कुरा मिल्न मात्र बाँकी रहेको जस्तो मलाई लाग्छ । बाँकी कुरा पनि छिटो नै मिःल्ने जस्तो लाग्दैछ ।
अहिले पनि कुरा उठदै छ, एमआरपी छपाईको काम भारतलाई नदिइ फ्रान्सको कम्पनी ओवरथरलाई दिइयो किन ?
सबैले फ्रन्सेली कम्पनी ओवरथरलाई दिन जायज बुझियो, त्यसैले दिइयो । यसको कुराको छिनोफानो पहिले नै भई सकेको छ । यस विषयमा धेरै नै कुराहरु चल्यो । अव केही दिनमा एमआरपी पनि वितरण हुने सुन्दै छु । यस विषयमा अव कुरा नगरे हुन्छ ।
एमआरपी छपाईमा अनियमितताको कुरा आएको छ ?
हामीलाई त्यस्तो केही थाहा भएन । अनियमितता भएको भए कारवाही हुने थियो । अनियमितता देखिएन कारवाही भएन । मरेको मुर्दा उखालिदै छ यसबाट कुनै फायदा हुनेबाला छैन ।
अनियमितताको विषयमा सुजातासँग तपाईको पनि साँठघाँट रहेको कुरा आएको छ नी ?
मेरो कुनै किसिमको साँठगाँठ छैन । नानाथरी कुराहरु आफैमा उठदै छ । म लेखा समितिको सभापति भए के भो , मैले अनियमितता गरे मलाई पनि कारवाही हुनु पर्छ । कुन आधारमा भनिदै छ कि अनियमितताको विषयमा मेरो र सुजाता जीको विचमा साँठगाँठ छ भने ?
एमएआरपीको विवादको बेला सुजातासँग खुब भ्रमण गरिएको थियो नी ?
काम परेर भ्रमणमा गइएको थियो । विना कामको पनि कोइ भ्रमणमा जान्छन् त । मान्छेले जुनरुपमा लिएपनि मलाई कही भन्नु छैन । तर यसलाई अनियमितताको रुपमा लिनु भएन । त्यस बेला घुम्नु पर्ने आवश्यकता देखिएको थियो त्यसकारण भ्रमणमा गइएको थियो । आरोप लगाउने लगाउ छन् । उनीहरुको काम हो आरोप लगाउने । मेरो नजरमा कतै अनियमितता देखिएन । यस बारे मलाइ केही भन्नु छैन ।
संसद सचिवालयमा अनियमितताको कुरा आएको छ नी ?
हुन सक्छ । के कस्तो किसिमको अनियमितता भएको हो भन्ने बारे हामीलाई थाहा भएको छैन । अनियमितता जहाँ पनि हुने कुरा हो । तर बास्तविकतामा कुन किसिमको अनियमितता भएको हो मलाई थाहा भएको छैन ।
संसद सचिवालय भित्र आर्थिक अनियमितता हुन्छ भनी थहा पाए पनि समिति किन चुपचाप बसेको छ ?
हामी कहाँ कुनै प्रमाणहरु आएको छैन । यस्तो कुरा पनि उठेको छैन । हामीलाई पुर्ण जानकारी भए हामी हेरविचार गर्न तयार छौं । अनियमितता गर्ने जोकोहीलाई पनि कारवाही हुन्छ । तपाइहरु सक्नु हुन्छ भने हामीलाई प्रमाण ल्याएर दिनुस हामी लेखा समितिमा हेरविचार गर्न तयार छौ ।
प्रसंग बदलौं(लेखा समितिको सभापति भएपछि तपाइले के(कस्ता घटनाहरु देख्न पाउनु भयो ?
मैले देखेको घटनाहरु तपाईहरुले पनि देख्नु भएकै छ । मैले धेरै किसिमको घटनाहरु देखेको छु । राष्टूका ठुल(ठुला घटनाहरु देखे । कयौ नयाँ घटनाहरु देखे जुन नेपाल र नेपालीको लागि विल्कुल नयाँ थियो । जस्तो सुकै घटना भएपनि हामी यताउती नभई काम ग¥यौं । हामी सबै जना मिलेर समस्याहरुको समाधान ग¥यौ ।
कस्तो प्रकृतिको घटनाहरु बढि देख्नु भयो ?
हुनत धेरै किसिमको घटनाहरु मैले देखे । नेपालमा बढि आर्थिक अनियमितताको घटना देख्न पाए । मेरो विचारमा आर्थिक अनियमितताको घटनाहरु नेपालमा दिनानुदिन बढदै गएको छ । नेपालमा जता देखेपनि आर्थिक अनियमितता रहेको छ । यसै सन्धर्भमा मेरो समयमा मैले बढि आर्थिक अनियमिततको घटनाहरु बढि देख्न पाए ।
तपाइको अनुभवमा लेखा मितिको सभापति भएर कस्ता दवावहरु खेप्नु भएको छ ?
खासै भन्नु पर्दा मलाई दवाव आएको छैन । सातोनितो घटनाहरु हुन्छ । त्यस्ता घटनाहरुलाई हामीले ध्यान दिनु पर्दैन । अहिलेसम्मको मेरो कार्यकालमा कुनै किसिमको दवाव आएको छैन ।
बाङलादेश भ्रमणमा जाँदै हुनुहुन्छ, भ्रमणको खास एजेण्डा के रहेको छ ?
हामीलाई जानकारी भए अनुसार एशिया भरीको लेखा समितिको समिति बन्ने कुरा आएको छ । विभिन्न देशका लेखा समितिहरुको समिति बन्ने भएकोले हामी पनि सहभागि हुन लागेका हौं । नेपालाईलाई पनि कार्यक्रममा बोलाईएकोले हामीपनि जाँदै छौं । लेखा समितिहरुले कुन किसिमको विद्यान बनाउने विषय छलफल हुने । एशियाभरीको देशहरुबाट समिति छनौट हुनेछ त्यसैको लागि हामी बाङलादेश जान लागेका हौं ।
अन्त्यमा सभासदहरुसँग संविधानको कुरा गर्न मन लाग्छ, के तपाईहरु संविधान बनाउन सक्नु हुन्छ ?
—प्रस्तुतिः वीपी साह
Rising sun, Rising life

Tuesday, December 21, 2010
New
About Unknown
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment