interview of Matrika yadav by Bp sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Thursday, September 30, 2010

interview of Matrika yadav by Bp sah

                                                                                       bp sah journalist








मातृका यादव, संयोजक, नेकपा माओवादी
जनमोर्चा नेपाल र रिभलुसनरीस“गको एकीकरण प्रक्रिया कहाँसम्म पुग्यो ?
जनमोर्चा नेपालसँग पार्टी एकता समायोजन समिति बनेको छ । बैठकहरु गर्दै स–साना कुराहरुलाई टुंगो लगाउँदै एकता गर्ने छौ । केही समय लाग्ने छ । 
एकीकरण कुन आधारमा ह“ुदैछ ?
मालेमावादको आधारमा हुँदैछ । हाम्रो सैद्धान्तिक आधार भनेको माक्र्सवाद, लेलिनवाद र माओवाद नै हो ।
एकीकृत नेकपा माओवादीलाई चुनौती दिन र उनको पार्टीलाई विखण्डन गर्न तपाइँको पार्टीले एकीकरणहरु गर्दै गरेको सुनिन्छ नी ?
हामीले कुनै पार्टीलाई टक्कर दिन वा विखण्डन गर्नकालागि एकता गर्न खोजेको होइन । एमाओवादी आफैं समाप्त हुने दिशातिर लागेको छ । उहाँहरुलाई हामी विखण्डन गर्न किन लाग्नु ? उहाँहरुले नै माक्र्सदेखि माओसम्मका सिद्धान्तहरु हामीलाई पढाउँदाखेरी, जब क्रान्तिकारी पार्टीमा संशोधनवाद हावी हुन्छ त्यसको पतनको सुरुवात त्यहीँबाट नै हुन्छ भन्नु हुन्थ्यो । अहिले उहाँहरु नै यस्तो अवस्थामा हुनुहुन्छ ।  हामीले क्रान्तिकारीहरुको बीचमा एकता गरेका हांै । यहाँका प्रतिक्रियावादीहरुलाई ध्वस्त नगरिकन नेपाली जनताले मुक्ति पाउने छैनन् । अहिले हाम्रो राष्ट्र नै खतरामा परेको छ । अहिलेको अवस्थामा मानिसलाई नेपाली भन्न पनि लाज लागेको छ । जनतालाई मुक्ति दिलाउनको लागि, स्वाभिमान रक्षाका लागि बिचार मिल्नेहरुसँग एकता गर्न लागेका हौं ।
तपाइ“को भनाई अनुसार एकीकृत नेकपा माओवादी पतनको बाटोमा जा“दैछ ?
संशोधनबादबाट फर्केन भने, क्रान्तिकारी दिशा लिएन भने पतन निश्चित नै हुन्छ । पार्टी ठूलो देखिएपनि यस्तो पार्टी जनताको लागि पार्टी हुँदैन । राजनीतिक बिचारबाट टाढिएका कांग्रेस, एमाले पार्टी होइनन् । यिनीहरु देश र जनताबाट पदच्युत पार्टी हो, त्यहीबाटोमा एनेकपा माओवादी पनि जाँदैछ ।
 सरकार डामाडोल भएको अवस्थामा पार्टी एकीकरणको कुरा सुनियो नी ?
हाम्रो एकीकरणको कुरा सुरुदेखि नै चलेको छ । भरत दाहाल जी पनि विर्सजनबादी, उदारवादीहरुको बीचमा जुन एकता भयो, अर्थात एमाओवादी बन्यो,   त्यसको विरोध उहाँहरुले गर्नु भएको हो । हामीपनि गएनौ नेकपा माओवादीलाई नै पुनर्गठन गर्ने अभियानमा लाग्यौ । उहाँहरुपनि जनमोर्चा नेपालाई पुनर्गठन गर्न लाग्नु भयो । लगभग एक डेढ बर्षदेखि नै हामीबीचमा कुराकानी भइरहेको थियो । एक डेढ बर्षको छलफलबाट पार्टी एकता, संयोजन समिति गठन गरेका छांै ।
खासमा एकीकरण किन आवश्यक प¥यो ?
अहिले जनता नेतृत्व विहिन भएको छ । जनतामा अन्यौलता, नैराश्यता छाउन थालेको छ । त्यसलाई चिर्नुपर्ने अहिलेको आवश्यकता हो र इमानदार क्रान्तिकारीहरु त्यसकोलागि जुटनु पर्छ भन्ने मान्यता अनुसार हामीले एकताको प्रक्रिया थालनी गरेका हाँै ।
अहिलेको प्रधानमन्त्री निर्वाचनलाई तपाई कुन रुपमा लिनु भएको छ ?
यो सत्ता दलाल, सामन्तवाद र नोकरशाहीको सत्ता हो । उत्पीडित वर्गबीचमा जुन अन्तरबिरोध छ, त्यो अन्तरविरोध हल हुने स्थिति छैन । अहिलेको स्थितिको बारेमा भन्नु पर्दा प्रतिक्रियाबादीहरु हिजोको जस्तो जनतामाथि हुकुम चलाउने स्थितिमा छैनन् । जनता पनि सचेत छन् । अहिलेको सत्ता तरलतामा छ । जनयुद्धले यसलाई उथलपुथल पारिदिएको छ । विभिन्न आन्दोलनहरुले यसलाई एकदमै कमजोर बनाइदिएको छ । यसलाई ठोस गर्नकालागि प्रतिक्रियाबादीहरु लागि परेका छन् । त्यसकारण यो तरलतामा यस्तै भइरहेको छ ।
प्रधामन्त्री निर्वाचनको टुंगो नलाग्नुको कारण के होला ?
विदेशीको इशारामा चल्ने नेपाली काँग्रेस र विदेशीको दलाली गर्न खोज्ने तर गर्न नपाउने विश्वास गुमाएका एमाओवादीहरुको बीचमा टकरावको अवस्था छ । भारतीय शासकहरु नेपालमा हस्तक्षेप गरिरहेका छन्, तिनीहरुलाई एक नम्बरी दलाल, पक्का दलाल चाहिएको छ । तर पक्का दलाल नेपाली काँग्रेस हो, एमाले त जसको पनि दलाली गर्ने चरित्रको छ । त्यस भित्रबाट पक्का दलाल कुन हो भारतीयहरुले खोजेको हो । त्यो पक्का दलाल नपाएर यो स्थिति भएको हो ।
यसमा एमाओवादी पनि सामेल छ नी ?
ए माओवादीसँग पनि भारतीय शासकहरुले कुरा गरेका छन् तर त्यो देखावटी मात्र थियो । भारतीय शासकहरु विशेष मधेशवादी दलहरुलाई एकदम टाइट गरेर गएको छ । जबसम्म एमालेको निर्णय काँग्रेसलाई भोट दिने आउँदैन तबसम्म तिमीहरु तटस्थ बस भनेर भनेका छन् । मधेशवादी दलहरु भित्रपनि सब सभासदहरु भारतको दलाली गर्ने खालका छैनन् तर त्यसका नेताहरु बढी दलाली गरिरहेका छन् । भारतीय शासकहरुले मधेशी सभासदहरुलाई दलाल बनाउन खोज्दा त्यसको रियाक्सनमा ११ जना मधेशी सभासदहरुले भोट खसालेका थिए । यस अर्थमा सभासदहरु दलाल होईन कि अधिकांश मधेशी नेताहरु दलाली गरिरहेका छन् ।
छैठौं निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालले माओवादीको पक्षमा मतदान गरेको थियो । यस अर्थमा मधेशी जनअधिकार फोरम भारतीयको दलाल होइन ?
भारतमा पनि विभिन्न लविहरु छन् । तर भारतमा जुन लवि चलिरहेको छ त्यससँग उपेन्द्रको राम्रो सम्बन्ध छैन ।
सात–सात पटकसम्म हारेका प्रचण्डलाई तपाई“ कुन रुपमा लिनु हुन्छ ?
अहिलेकोलाई हार–जीत भन्न मिल्दैन । हार जीतको बारेमा मिडियाले पनि गलत व्याख्या गरिरहेका छन् । जबसम्म चुनावमा सबैले मत हाल्दैनन् र छिनोफानो हुँदैन तबसम्म हार जीत भन्न मिल्दैन । चुनावमा दुई जना उमेदवार हुन्छ दुबै जना कहीँ हार्छ र ? यस्ता प्रक्रिया पूरा गर्न नसकेको, संविधानसभा फेल भएको हो । संविधानसभाले प्रधानमन्त्री निर्वाचन गर्न नसकेको हो ।
यसमा असक्षम को ?
यसमा पुरै संविधानसभा नै असक्षम हो । संविधानसभाभित्र पर्ने सभामुखदेखि सम्पूर्ण सभासदसम्म असक्षम हुन् ।
कुनै अवस्थामा प्रधानमन्त्री निर्वाचन सम्पन्न भयो भने ?
निर्वाचान सम्पन्न भएर सरकार बनेपनि त्यसले देश लुट्न र विदेशीको दलाली गर्न बाहेक अरु केही गर्दैन ।
हालै माओवादीले सभासदहरुलाई किन्न चीनस“ग ५० करोड मागेको कुरा सार्वजनिक भएको छ नी, यसलाई कुन रुपमा लिनु हुन्छ ?
मलाई आश्र्चाय लाग्छ, यस्तो कुरा नेपाली मिडियाले नल्याएर भारतीय मिडियाले ल्याएको छ । यसलाई सबै स्तरबाट छानविन हुनुपर्छ । यसमा जो दोषी छ उसलाई नङ्ग्याएर कारवाही गर्नुपर्छ । होइन भने प्रचार गर्नेलाई पनि कारवाही गर्नु पर्छ । मैले यसको बारेमा अहिलेसम्म कुनै ठोस प्रमाण देखिको छैन । मैले सुनेको भए महराजीको आवाज म पनि पहिचान गर्न सक्थेँ । तर मैले लिखित मात्र पढ्न पाएको छु । अहिले त विभिन्न सभासदहरुको बारेमा नानाथरी कुराहरु पनि सुन्न पाइन्छ ।
यी सभासदहरुलाई कुन रुपमा लिनु हुन्छ त ?
एउटा कुरा भन्ने हो भने चुनावबाट विभिन्न किसिमका मान्छेहरु आएका छन् । धेरैले जनतालाई न्याय दिलाउन आएको  होइन । आतंक थियो आतंकबाट मुक्ति पाइन्छ की भनेर जनताले कयौलाई पठाएको छ । अहिलेका सभासदहरुको विभिन्न क्याटोगोरी छ । यिनीहरुको मुल्यांकन जनताले गर्ने हो । जनतामा हामीले त्यो चेतना जगाउनु पर्छ की अहिलेको एक पटक जितेर गएपछि जे पनि गर्न पाउने व्यवस्था छ त्यसलाई अन्त्य गर्नुपर्छ । गडबड गर्ने वितिकै जनताले बोलाई हाल्नु पर्छ र त्यो फिर्ता जानुपर्छ । यस्तो मान्यता लागू भयो भने यिनीहरु कम छाडा हुने छन् ।
प्रसंग बदलौ, केही दिन पहिले तपाइँको पार्टी नेकपा माओवादीले मधेशका विभिन्न सशस्त्र भुमिगत संगठनहरुस“ग एकताको कुरा गर्दै थियो नी ?
हामीले एकताको कुरा गरेको होइन, हामीले छलफल गरेको हो । उनीहरुको लाइन ठिक नभएको हामी भनिरहेका छौ । सशस्त्र समूहको नाउँमा जनता आक्रान्त भएका छन् । उनीहरुले सशस्त्र संघर्ष गर्ने योद्धा  होइनन्, सशस्त्र समूह मात्र हुन् । अधिकारको लागि जनयुद्ध हुनु पर्ने, जनयुद्ध भएकै छैन । अहिलेपनि ती समूहरुसँग हामी छलफलको प्रक्रियामा छौ । ती समुहहरुमा खासै संघर्षता र एकता देखिएन । लुट्ने, खाने, सम्पत्ति जम्मा गर्ने ती कुराहरु उनीहरुमा हावी भएको छ । हाम्रो जनयुद्धमा पनि गडवड हुन्थ्यो तर कहीलेकाही मात्र । तर, उनीहरुको मूल प्रवृती नै जनतालाई लुट्ने खाने, मोजमस्ति गर्ने खालको देखियो । त्यसमापनि केही राजनीतिक चरित्रका नेताहरु सहमत भएका छन् की गडवड भएको हो । आत्म निर्णयको अधिकारसहितको स्वायत्त शासनसम्मको लागि हामी एकतावद्ध भएर बढौँ । अहिले अलग मधेश बन्ने स्थिति छैन ।
सुनिन्छ मातृका यादवले उच्छृङ्खल तत्वहरुलाई संरक्षण दिन्छ रे ?
हामीले कहीँ कुनै पनि उच्छृङ्खल तत्वलाई संरक्षण दिएका छैनौ । हामी जस्तो टाइट त कुनै पार्टीमा छैन । हाम्रो अप्रमाणित कुराहरुलाई पनि मिडियाहरुले ठूलो अक्षरमा छाप्छन् । तर हाम्रा राम्रा चिजहरु छाप्दैनन् । हाम्रो कार्यकर्ताले गडवड गरेको थाहा पाउने वितिकै कारवाही गरेका छौ । कति ठाउँमा त पार्टीबाट निश्कासन गरिदिएका छौ ।
त्यसो भए तपाईंको पार्टीका कार्यकर्ताहरुले कालोमोसो दल्ने परम्परालाई उजागर गरेको छ नी ?
त्यो उच्छृङ्खलता होइन, त्यो न्यायपूर्ण संघर्ष हो । ती चोर फटाहालाई कसले पिट्दैन ? देश लुट्नेलाई फुलमाला लगाउने ? त्यो त फटहाहरुको काम हो फूलमाला लगाई दिने । क्रान्तिकारीहरुको काम हो, त्यस्तोलाई कालोमोसो लगाई दिने, जनतामा नङ्गयाई दिने, उनीहरुलाई बाजा बजाएर जनताको बीचमा घुमाउने । त्यसलाई उच्छृङ्खल भन्न मिल्दैन ।
तपाँइको पार्टी भुमिगत हुने कुरा थियो नी, सा“चिकै भुमिगत हुने हो ?
भुमिगत हुने नहुने कुरा संघर्षको तत्कालिन अवस्थामा निर्भर गर्छ । हामीसबै किसिमले तयार छौ । जनताको लागि हामीले जे–जे गर्नु पर्छ त्यो सबको लागि हामी तयार छौ । सशस्त्र संघर्षको तयारी हुँदैछौ, सरकारले बन्दुक नै लिएर दमन गर्न आयो भने हामी त्यसको लागि तयार हुनु पर्छ ।

No comments:

Post a Comment