interview of chtra bahadur kc by Bp sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Thursday, September 30, 2010

interview of chtra bahadur kc by Bp sah

chitra bahadur kc
                                                                                   jouranalist bp sah
चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले सुरु गरेको संघीयता विरोधी आन्दोलन कहाँ पुग्यो ?
हाम्रो आन्दोलन निरन्तर जारी छ । अहिले हामी पार्टीको आन्तरिक सांगठनिक क्रियाकलापमा छौ । पार्टी सुदृढीकरण अभियान थियो र त्यसमा लागेका छौ । त्यस बाहेक अरु समयमा हाम्रो संघीयता विरोधी आन्दोलन जारी छ ।
संघीयताको विरोध गर्नुको कारण के होला ?
संघीय प्रणालीको हामी विरोधी होइनौ । संसारमा ४० प्रतिशत जनताले संघीय प्रणाली अपनाएका छन् । नेपालको सन्दर्भमा संघीय प्रणाली बेठीक छ भन्ने हाम्रो भनाई हो । किनभने संघीय प्रणाली लागू गर्नका लागि त्यसका आधारहरु हुन्छन् तर नेपालमा त्यो कुनै पनि आधारहरु छैनन् । आधाहरु भएको देशमा संघीय प्रणाली सफल भएको छ भने नभएको देशहरुको त अस्तित्व नाश भएको छ ।
नेपालमा संघीयताको बारेमा उठ्ने कुरामा डरलाग्दो अवस्था के छ भने जातीय आधारमा संघीय राज्य रे, यहाँ त एक सय भन्दा बढी जातीहरु छन् ।
एकातिर ५-६ प्रतिशत जनसंख्या भएको ४-५ ओटा जातीलाई अलग राज्य दिने, उनीहरुलाई आत्म निर्णयको अधिकार दिने, ती जातीहरुलाई अग्राधिकार दिने अनि अर्कोतिर एक मधेश स्वायत प्रदेश, आत्म निर्णयको अधिकार, समुहगत नेपाली सेनामा प्रवेश । जुन रुपमा संघीय प्रणाली नेपालमा प्रवेश गर्न लागेको छ । त्यसको कारणले देशको राष्ट्रियता,  सार्वभौमिकता, अखण्डताको साथ साथै मुलुकै रहने स्थिति छैन । त्यसकारण नेपाली जनताले संघीय प्रणालीलाई खारेज गरेन भने संघीय प्रणालीले नै नेपाललाई खारिज गर्छ ।
संघीयताले त देश टुक्रिदैन नी, हाम्रो छिमेकी भारतमा पनि छ नी ?
भारत विशाल देश हो, व्रीटिस उपनिवेशबाट मुक्त भएको देश हो । संघीय प्रणालीमा गइसके पनि  भारतलाई अहिले त्यसले टाउको दुखाउँदै छ । २८ ओटा राज्यमा टुक्रिसकेपनि अहिले कैयौं ठाउँमा
हामीलाई राज्य चाहियो  भनि आन्दोलन हुदै छ । तिलंगारा, गोर्खाल्याण्ड लगायत कयौंले मागिराखेका छन् । भारतको संघीयता त अर्ध संघीयता हो । धेरै अधिकार त केन्द्रमा नै छ । भारत विशाल देश भएकोले र प्रर्याप्त आय स्रोत भएकोले त्यहाँ यो प्रणाली चलिरहेको छ । तर नेपालमा आफ्नो देशबाट उठेको आयले बाषिर्क बजेट बनाउन धौधौ हुन्छ । सामान्य काम गर्न पनि विदेशी चाहिन्छ । अहिले एउटा राज्य चलाउन नसक्नेले १५-१६ ओटा राज्य चलउँछौ भन्नु गलत हो । नेपालमा संघीयतामा जानु भनेको जातीय द्वन्द्व निम्त्याउनु, संयुक्त राष्ट्रसंघलाई बोलाउने अनि ढिलो चाँडो सुडान, इथोपिया, नाइजेरीया बनाउने हो ।
नेपालका ठूला पार्टीहरुले संघीय प्रणाली नै चाहेका छन नि ?
यी पार्टीहरु बाध्य भएर संघीय प्रणाली मानेका हुन् । उनीहरुको भित्रीआत्माले नै संघीय प्रणालीले यो देशमा फाइदा हुन्छ भन्ने ठानेको छैन ।
त्यसो भए संघीयता लाद्ने पक्ष चाहिँ को हुन् ?
लाद्ने पक्ष धेरै छन्, मैले अहिले किटानी नगरौं । जो नेपालमा जातीय राज्य बनाएर भाइभाइलाई फुटाएर शासन गर्न चाहन्छन्, तिनीहरुले लादेका हुन् ।
को हुन् त्यस्ता ?
जो पनि हुन् तर उनीहरु नेपालका उपज होइनन् । हुन्थ्यो भने नेपालको अन्तरिम संविधान लेख्ने समयमा संघीय प्रणाली लेखिन्थ्यो नी । पछिमात्र आएको छ यो कुरा । मधेशमा आन्दोलन भयो, त्यो आन्दोलन शोषक विरुद्ध, जमिनदार विरुद्ध भयो र हुदै छ । त्यही बेलामा संघीय प्रणाली घुसाइयो । संघीय प्रणाली लागु भएर मधेशका जमिनदारहरुलाई मात्र फाइदा भएको छ । मधेशका जमिनदारहरुले मधेशका भुमिहिनहरुलाई भुमि दिनुपर्छ भन्ने कुरा संसदभित्र सुन्नै चाहँदैनन् । संघीय प्रणालीको वकालत गर्छन् तर भुमि दिन चाहँदैनन् । संघीय प्रणालीबाट जातीय राजनीति गर्नेहरुबाट जनता झन् शोषित हुनेछन् ।
संघीय प्रणालीबाट जनता शोषित हुने छन्, एकात्मक प्रणालीबाट पनि जनता शोषित भएका छन् भने अब कुन प्रणाली उपयुक्त होला त ?
एकात्मक प्रणालीमा शोषित हुनुको मतलब के हो भने राज्य सत्तामा सीमित मान्छेको हुनु हो । त्यो त एकातमक प्रणालीबाट होइन नी मुठीभर शासक, जमिनदार, व्यापारीको हातमा सत्ता परेर हो । संघीय प्रणालीमा गएपछि ती शोषक, जाली फटाहाहरुको अन्त्य हुने होइन । नया प्रकारले फेरी शोषण सुरु हुन्छ । नयाँ जनवादी क्रान्ति गरेर बहुसंख्यक जनतालाई सहभागि गराए पछि मात्र जनताले सुःख पाउने हो ।
प्रसंग बदलौं, तपाईको पार्टीतिर जाउँ, तपाईको पार्टीबाट डिल्लाराम आचार्य फुटेर जानुको कारण के हो ?
उनीहरु ३९ जना केन्द्रीय समितिमा आफूसमेत जम्मा तीन जना बाहिर गएका छन् । उनीहरुले माओवादीले धेरै मोजमजा गरेको, पजेरो चढेको देखे । एक बर्षदेखि नै माओवादीहरुले भन्दै थिए तिम्रा डिल्लाराम हाम्रोमा आउँदै छ भनेर । अहिले त मान्छे त माओवादी पो जमाउँदै छन् । त्यहाँ पैसा कमाउन पाउने, मान्छे मारेपनि आफ्नो पार्टी सरकारमा गएपछि मिनाहा हुने , सम्पत्ती जोड्न पाइने भो । हामीसँग हिडेपछि पैदल हिडनु पर्ने  दुःख पाउनु पर्ने, भएकाले अहिलेको आकर्षणको केन्द्र माओवादी भएकोले माओवादीमा गएका होलान । हिजो हामीसँग दुःख पाएकाहरु करोडौंको गाडी चढेका छन् । घर सम्पत्ती जोड्न पाएका छन् । माओवादीमा रंगीचंगी देखेर डिल्ला राम गएका हुन् ।
अहिलेको प्रधानमन्त्री निर्वाचन टुंगो नलाग्नुको कारण के होला ?
एक नम्बरमा एमाले हो । दोस्रो नम्वरमा मधेशी मोर्चा । अहिले उम्मेदवार उठेका कांग्रेस माओवादीलाई  मलै केही भन्दिन । अब भोट हाल्नेले नहालेपछि निकर्ष निस्कन्छ ? राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने मुख्य दोषी एमाले हो । त्यसपछि मधेशी मोर्चा । उनीहरु दुईवटाले भोट हालेपछि सजिलै निकास निस्कन्छ । उनीहरुले आ-आफ्नो दाउ हेरेर मुलुकलाई अनिर्णयको बन्दी बनाएका छन् ।
माओवादीको नेतृत्वमा र एमालेको नेतृत्वमा पनि बहुमतको सरकार बनेको थियो टिकेन, अब बहुमतको सरकार टिक्ला ?
त्यो चाहिँ आफ्नो महत्वकांक्षालाई ओझेलमा पार्ने तर्क मात्र हो । त्यो कुतर्क हो ।
सहमतीय सरकार प्रचण्डको पालामा बन्नु पर्थ्यो । त्यो भएन अनि बहुमतीय भयो  । माधवकुमार भएको बेलामा पनि सहमतीय भएको भए धेरै राम्रो हुन्थ्यो त्यो पनि भएन । संसदभित्र बहुमतसिद्ध सरकार छँदा छँदै पनि प्रतिपक्षले  १२-१४ महिनासम्म ढुंगामुढा गरेर अवरोध गर्‍यो त्यही सरकारमा जान लाई । यहाँ राजनीति गर्नेहरुले मागि खाने भाँडो बनाएर, आफ्नो व्यक्तिगत पदप्रतिष्ठा पुरा गर्ने, आफ्नो  भोग पुरा गर्ने । त्यतातिर लाग्ने अनि संसदीय व्यवस्था असफल भइसक्यो, बहुमतीय प्रणाली असफल भइसक्यो, यस्ता कुर्तक हुन् ।
अन्तरिम संविधानमा सहमतिबाट निकास ननिक्लने बहुमतीय प्रणालीबाट जानु पर्छ भन्ने व्यवस्था राख्ने ? त्यही अन्तरिम संविधान लेखेकाहरुले अन्तरिम संविधानमा एक थोक छ, बहुमतीय असफल भो यो हुन्न् भन्न मिल्छ ? केही व्यक्तिका कारण मुलुक अनिर्णयको बन्दी बनेको हो । तटस्थ बसेकाहरुले बहुमतीय मुरली नबजाउन् । यो मुरली सुन्दैन कसैले । बहुमतको  आधारमा सरकार बनाउँ । तिमीहरु बहुमतलाई यति रुचाउँछौ भने संविधान निर्माण बेलामा सहमत होऔं ।
फेरी बहुमतको सरकार बन्यो भने सरकारमा जान  नपाएकाहरु ढुंङ्गा मुढा गर्न थाले भने के संविधान बन्ला त ?
सरकारमा जान नपाएर ढुंगा मुढा गर्ने, सरकारमा जान नपाए संविधान नलेख्ने, ती नालायकहरुलाई एक दिन जनताले एक दिन सजाय दिन्छ ।
थपिएको समयमा संविधान निर्माण होला त ?
विशेष गरेर यी दुई बर्षमा संसद र संविधानसभा तीन वटा पार्टीको वरीपरी घुमिरहेको छ । उनीहरुले संविधानसभा भित्र डिक्टेटरसिप चलाइरहेछ । र, यी तीनटा पार्टीहरुको कतिपय महत्वपूर्ण नेताहरु त
संविधानसभामा हाजिर नपुगेर विन्ती पत्र दिएर त्यहाँ ठगिराख्या छन् । यिनीहरुले संविधान बनाउन चाहिँ सकेनन् भने र यही सत्ताको लागि लुछाचुँडी गरे भने संविधान बनाउनु असम्भव छ । उनीहरुलाई सोध्नु पर्छ, अरु २२ वटा पार्टीले रात दिन कार्य गरेपनि कुनै अर्थ छैन । किनभने यी तीन वटा पार्टीको हातमा ४६१ मत छ । ४०१ मतले संविधान बन्छ । तीनै ठुला पार्टीको बीचमा सत्ताको
लागि यस्तो छ चालामाला । तीनै हाजिर हुदैनन्, संविधानसभामा समितिहरु पटक पटक गयल भएर विन्ती पत्र हालेर आफ्नो म्याद थापेका छन् । संविधान बन्ने नबन्ने कुरा तिनीहरुलाई सोध्नु पर्छ । उनीहरुले संसद चलाइदियो भने हामी त्यहाँ जान्छौ, चलाएन भने घरमै बस्छौ । उनीहरुले त हामीलाई निरिह बनाईदिएका छन् ।

No comments:

Post a Comment