interview of miss nepal 2010 by bp sah - Bp sah

Latest

Journalist


Rising sun, Rising life

Rising sun, Rising life

Thursday, September 30, 2010

interview of miss nepal 2010 by bp sah

मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ
–लभ गर्ने उमेर नै भएको छैन
दृढ आत्मविश्वास भएकी सदिक्षा संधै नम्बर १ हुन चाहन्छिन् । १९ बर्षिया सदिक्षा सानैदेखि कलात्मक क्रियाकलापममा सहभागी हुदै आएकी छिन् । उनी मायाप्रितिबाट धेरै नै डाराउछिन् ।  भर्खरै आइएससीको परीक्षामा प्रथम श्रेणीमा पास भएकी सदिक्षा अब बी.बी.ए पढ्ने सोचमा छिन् । भविष्यमा यी सफल व्यक्ति मात्र बन्न चाहन्छिन् । आफ्नो व्यक्तित्व विकास नै प्रमुख मान्ने सदिक्षासग  वी.पी. साहले गरेको कुराकानीः

तपाइ भित्र यस्तो के छ, जसकारण तपाइ मिस नेपाल २०१० बन्नु भयो ?
म भित्र कफिडेन्स छ, आत्मविश्वास छ, जसकारण म मिस नेपाल भएँ ।
प्रतियोगितामा सहभागी १८ जना मध्ये तपाइ आफूमा के फरक पाउनु भयो ?
मैले आफूलाई कहिले पनि अरुसँग दाँजेको छैन ।  अरुको बारेमा म भन्न सक्दिन किनभने म मा कसैको गुण र खोट देखाउने क्षमता छैन । म मा भएको गुण उहाँहरुमा पनि हुनसक्छ, उहाँहरुमा भएको गुण म मा पनि हुनसक्छ । अरुभन्दा म मा प्रर्दशन गर्ने क्षमता राम्रो थियो, त्यही नै फरक थियो होला की ?
तपाइ सबभन्दा बढि विस्वास कसमाथि गर्नु हुन्छ ?
आफैमाथि ।
तपाइको माया प्रितिको प्रोसेस कहँसम्म पुगेको छ ?
अ...म भर्खर १९ बर्षको भएँ । अहिलेसम्म माया प्रितिमा परेकी छैन । मेरो उमेर पनि भएको छैन र परेको पनि छैन ।
ढाटेको जस्तो लाग्यो ?
छैन  ढाँटेको, रियल्ली कसैसँग परेको छैन । अहिले उमेर नै भएको छैन ।
त्यसो भए अहिलेसम्म तपाइलाई कतिको प्रेम प्रस्ताव आएको छ ?
धेरै नै । कति भनेर गन्न सकिएको छैन ।
तपाइलाई अहिले झट्ट प्रेम प्रस्ताव आयो भने के गर्नु हुन्छ ?
नाई भनेर, आइ एम रियल्ली सरी नाई ।
साचिकै कि ......?
साँच्चिकै, यस्तै प्रतिक्रिया आउँछ । किनभने एकै चोटी प्रेम प्रस्ताव राखेर स्वीकार्नु भनेको दुबै जनाको लागि मुर्खाईँ हुन्छ जस्तो लाग्छ मलाई ।
कोही तपाईको पुराना मित्रले राख्यो भने ?
म भर्खर १९ बर्षकी भएँ, म टिनएजर नै छु अहिलेसम्म नाइन्टीन अर्थात टिनएजर । त्यहि भएर मलाई लभमा रिलेशनसिपमा लाग्ने बेला भाको जस्तो लागेको छैन । विवाह गर्ने बेलापनि भाको जस्तो मलाई लागेको छैन । केही समयपछि अलि म्याच्युर भएपछि ।
अहिलेका युवायुवतीले भन्छन्, प्रेमलाई उमेरले छेक्दैन रे । तपाइ चाहि त्यही युवायुवतीको प्रतिनिधित्व गर्नु हुन्छ अनि उमेरको कुरा ल्याउनु हुन्छ ?
साँच्चिकै मायामा जातपात उमेर हेरिँदैन तर माया लगाउने पनि एउटा सही समय हुन्छ । मैले आप्mनो पढाई सकाएको छैन । मैले आप्mनो खुट्टामा नउभिकन अरुलाई माया गरेर केही पनि सक्सेसफूल हुदैन त ।
तपाइले आप्mनो प्राथमिक शिक्षा कहाबाट लिनुु भयो ?
म १३ बर्ष एउटै स्कुल एन के सिंह मेमोरियल स्कुल जुन मिनभवनमा छ त्यहाँबाट मैले आप्mनो स्कुल सिध्याएँ ।
अहिले कहा हो ?
अहिले म आइ एस सी फस्ट डिभिजनमा पास गरेर अब व्याचलर ज्वाईन गर्ने तरखरमा छु ।
तपाइलाई मन पर्ने कुराहरु ?
अँ.....मलाई मानिसहरुको इमानदारिता धेरै नै मन पर्छ ।
अबको दिनमा के गर्नु हुन्छ ?
अब पहिलो त म मिस वर्डको लागि जाँदै छु । त्यही भएर म त्यसमै विजि हुन्छु । त्यसको लागि फूल प्रिपिरेसन गरिराखेको छु । त्यसपछि म डब्लु डब्लु एफ को लागि कन्जरभेसन एमबेसेडर भएको छु । त्यही भएर त्यसमा पनि बिजि हुन्छु । अनि सँग सँगै नेपाल टुरिजम एयर २०११ आँउँदै छु । त्यसमा आप्mनो फूल सपोर्ट दिने छु र मेरो जुन रेस्पोनसविलिटी आएको छ । त्यो म पुरा गर्ने छु ।
तपाइ आप्mनो व्यक्तिगत जीवनमा अव के गर्नु हुन्छ ?
मेरो व्यक्तिगत जीवनमा म आप्mनो पढाईमै विजि हुन्छु । म अब वि. वि. ए. लिएर पढ्ने छु ।
तपाइको लक्ष्य के थियो ?
मलाई अरु भन्दा एउटा सफल व्यक्ति बन्ने लक्ष्य छ । जुन क्षेत्रमा गएपनि सक्सेस हुने ।
अब के छ ?
मेरो लक्ष्य परिर्वतन भएको छैन ।
नेपालमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरुलाई के भन्नु हुन्छ ?
उहाँहरुले सायद नराम्रो कुरा गर्नु भा छ । मेरो विचारमा मिस नेपालमा विरोधै गर्नु पर्ने कुरा केही छैन । यो महिला उत्थानको अर्को स्टेप हो जस्तो मलाई लाग्छ । हामीले उहाँहरुको फिलीगंलाई रेस्पेक्ट गरिदिएका छौँ भने उहाँहरुले पनि हाम्रो फिलिंगलाई रेस्पेक्ट गरदिनु पर्छ ।
उहाहरुसग अपेक्षा के छ ?
मिस नेपाल प्रतियोगिताको विरोध नगरिदिनुस् । किन भने मिस नेपाल जस्तो प्लेटफर्म नेपाली युवतीहरुले पाउँदैन सायद । यसको राम्रो पक्ष के हो त्यसलाई नियाली दिनुस् ।
नभए के हुन्छ ?
मिस वर्डमा नेपाल पनि राष्ट्र छ भनेर हुने थिएन होला । अहिलेका नेपाली महिलाहरुले आप्mनो करियर डेभेलपकोलागि एउटा प्लेट फर्म खोजिरहेका छन् । त्यस प्लेटफर्महरु मध्ये एउटा प्लेटफर्म कम हुन्थ्यो होला । हाम्रो आत्मविश्वास बढ्दैन थियो होला, हामी गुम्सीएर बस्थ्यौ होला ?
नेपालमा सुन्दरी प्रतियोगिता किन हुनु पर्छ जस्तो लाग्छ ?
किनकी यसले नेपाली महिलाहरुलाई धेरै नै एकदम धेरै नै कुराहरु सिकाउँछ । आत्मविश्वस्त बनाउँछ । घरको चार दिवारीमा थुनिएका नेपाली महिलाले आप्mनो क्षमता अभिवृद्धि गरि आप्mनो राष्ट्र र समाजको लागि धेरैथोक गर्न सक्छ । त्यसकारण मिस नेपाल प्रतियोगिता हुनु अति नै आवश्यक छ ।
मिस नेपाललाई आयोजक कम्पनीहरुले एक बर्षसम्म आप्mनो नियन्त्रणमा राख्छन् नी  । यसबारे तपाइको धारणा के छ ?
नियन्त्रणमा राख्नु भन्दा पनि उहाँहरुले गाइड गर्ने हो । बाहिर भनिन्छ, नियन्त्रणमा राख्छ तर भित्रि कुरा के हो भने मिस नेपाल भएपछि आप्mनो पोष्टलाई एक बर्षसम्म कसरी प्रस्तुत गर्ने भनेर एज अ प्यारेन्टस्को रुपमा गाइड गरिदिन्छ ।
तपाइ एक बर्षसम्म बन्धक बस्न तयार हुनु हुन्छ ?
मिस नेपाल भएपछि उहाँले जुन स्थान पाउँ पाउनु हुन्छ । त्यस स्थानको अभिनय गर्नु कैसले सहयोग गरिदिन्छ भने स्वागत छ । ६ हप्ताहसम्म उहाँहरुसँग ट्रेनिंगमा वस्दा एउटा परिवार जस्तै बनेको छ । त्यसकारण म परिवारको सुझाव सल्लाह अनुसार चल्न तयार छु ।
कतै कतैबाट मिस नेपाल हुदा शोषणको कुरा पनि आउछ नि ?
त्यस्तो छैन । यस्तो यौन शोषण अथवा अन्य शोषणको प्रमाण कसैले दिन सक्यो भने म, तपाइँ र ती व्यक्तिसंगै बसेर चिया खाएर कुरा गरौला ।
नेपालमा सुन्दरी प्रतियोगितामा हुने राजनीतिक हस्तक्षेपलाई कसरी लिनु हुन्छ ?
पलिटिक्सको इलेक्सनमा जस्तो हस्तक्षेप यहाँ हुँदैन । यहाँ त आप्mनो काविलियत दुनियाँ सामु देखाउन सकियो भने मिस नेपाल भइन्छ । अब राजनीतिकर्मीहरुको कुनै नराम्रो देखेर होला प्रतियोगितामा हस्तक्षेप गरेको । अब नराम्रो कुरामा जसले पनि हस्तक्षेप गर्न सक्छ तर कतिपय अवस्थामा चर्चामा आउन पनि हस्तक्षेप गरिन्छ । जुन विल्कुलै गलत हो ।

 मिस नेपाल प्रतियोगिता खास गर्नु पर्ने त नेपाल सरकारले हो । तरपनि सरकारी र प्राइभेट रुपमा अगाडि बढ्न सकियो भने झन् राम्रो हुन्छ ।  

पत्रकार बी.पी.साह

2 comments: